राजेन्द्रप्रसाद पनेरु / झलारी : राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको ब्यवस्थापन र लेण्डसा (अमेरिकन जनता) को सहयोगमा शुक्लाफाँटा नगरपालिकामा सञ्चालित तीन दिने तालिम बुधवार समापन गरिएको छ । मञ्चका जिल्ला अध्यक्ष कर्ण बहादुर बाँनियाको सभापतित्वमा आयोजना गरिएको समापन कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख रण बहादुर महरा, विशिष्ट अथितिमा नगर उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख महराले जलवायू परिवर्तन न्यूनिकरणको प्रयासका कार्य गर्दै आएको बताउनु भयो ।

उहाँले जलवायू परिवर्तनको असरकै कारण नदीहरुमा अचानक आउने बाढीले गर्ने भू क्षय रोक्नका लागि वातावरण मैत्री जैविक तटबन्ध निर्माणको कार्यका लागि दातृ निकाय संग सहकार्य गरिदै आएको बताउनु भयो । नगर उप प्रमुख पन्तले जलवायू परिवर्तनको असरले महिला माथि कामको बोझ थपिदै गएको बताउनु भयो । कैलालीको गौरीगंगा नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकामा महिलाको अगुवाईमा जलवायु उत्थानशीलकार्यका लागि संयुक्त वकालत कार्यक्रम सञ्चालन भैरहेको परियोजनका श्रोत व्यक्ति नरिराम लुहारले बताउनु भयो । उहाँका अनुसार प्राकृतिक प्रकोप न्युनिकरण र प्रभावित परिवारको पुर्नस्थापना, जलवायु जन्य जोखिमबाट सुरक्षा र दीगो बिकास ।भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीको ब्यवस्थापन, महिला, किसान तथा सिमान्तकृत समुदायको उत्पादन साधनमा पहुँच र सुरक्षित आवासको सुनिश्चिततामा टेवा पुरयाउन कार्यक्रम सञ्चालन भैरहेको छ ।

उत्पादन र उत्पादकत्व बृद्धि मार्फत खाद्य सुरक्षा, आयात प्रतिस्थापन, आर्थिक समृद्धि र रोजगारी सिर्जना जस्ता बिषयमा स्थानीय तहमा बहस भईरहेका बेला उपयुक्त बिकल्प निर्माण र बिस्तार गरि नागरिक र सरकारबीच सहकार्यको वातावरण निर्माण योगदानगर्न कार्यक्रम प्रभावकारी रहेको उहाँले उल्लेख गर्नु भयो । जलवायु जन्य जोखिम न्युनिकरण अभ्यास र अनुकूलनीय क्षमता बिकासका माध्यमबाट महिलाहरुको अगुवाईमा वकालतीयअभियान सञ्चालनगर्ने, भूमि र महिलाको क्षेत्रमा क्रियाशील संस्थाहरुको सञ्जालबनाई साझा योजना निर्माण र कार्यान्वयन । तीनवटा स्थानीयतहको भूउपयोग योजना तर्जुमा प्रक्रियामा सहजीकरण, तीन वटा टोलमा सामुदायिक भूमिब्यवस्थापन अभ्यास मार्फत नमुना क्षेत्र निर्माण, भूमिहीनदलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीको ब्यवस्थापन प्रक्रियामा योगदान पुर्याउने र स्थानीयतहमा भएका राम्राअभ्यासको राष्ट्रिय, क्षेत्रीयएवं अन्र्तराष्ट्रिय तहमा सिकाई आदान प्रदान गरि अभियान बिस्तारको वातावरण निर्माण गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।

यस कार्यक्रम बाट गौरीगंगा र शुक्लाफाँटा नगरपालिकाको स्थानीय भूपरिवश अध्ययनभई भूउपयोग योजना एवं भूमि ब्यवस्थापन सम्बन्धी नीति निर्माण कार्यमा सहयोग पुग्ने विश्वास लिईएको छ । पञ्चेश्वर गाउँपालिकामा जिआईएस प्रबिधिबाट भूमिको वर्गीकरण र योजना तर्जुमा हुने । गौरीगंगा, शुक्लाफाँटा र पञ्चेश्वरको ३ वटास्थानमा सामुदायिक भूमिब्यवस्थापन अभ्यासबाट ३ सय हेक्टर जग्गाउपयोग भई ३ हजार परिवारले लाभ प्राप्त गर्ने, तीनवटापालिकामा भूमिब्यवस्थापन मार्फत उत्पादन बृद्धि, जलवायु अनुकूलन र महिला तथा सिमान्तकृत समुदायको अधिकारका लागि नमुना कार्य भई अन्य पालिकाहरुमा सिकाई बिस्तार हुने अपेक्षा राखिएको छ । यो कार्यक्रम सेप्टेम्बर २०२५ सम्म सञ्चालनमा रहनेछ ।
यसै कार्यक्रमको शुरुवातमा शुक्लाफाँटा नगरपालिकामा महिला अगुवाहरुको सहभागितामा जलवायु उत्थानशीलकार्यका लागि क्षमता बिकास तालिम सञ्चालन गरिएको उहाँको भनाई रहेको छ । तालिम समापन कार्यक्रमा राष्ट्रियभूमिअधिकार मञ्चका केन्द्रिय कोषाध्यक्ष पातली थामी, सुदूरपश्चिम अध्यक्ष नन्दाजोशी लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन मञ्चका सुदूरपश्चिम सचिव रामबहादुर चुनाराले गर्नु भएको छ ।
३६ जना महिला अगुवा सहभागि रहेको तालिमको सहजीकरणमञ्चको राष्ट्रिय स्रोतब्यक्ति नरी रामलोहारका साथै कार्यक्रम ब्यवस्थापक प्रेम प्रकाश नेपाली, प्रदेश सचिव रामबहादुर चुनारा र कोषाध्यक्ष पातली थामीले गर्नु भएको थियो ।
जलवायु परिवर्तनका कारण महिला, बालबालिका तथा सिमान्तकृत समुदायमाथी परिरहेका नकारात्मक प्रभाव कम गर्न र जोखिमप्रतिरोधीक्षमताबढाउनतालिममाचर्चा भईरहेको छ । मुख्य रुपमाबिकासलाई प्रकृतिमैत्रीबनाउनुपर्ने, महिलाको भूमिमा स्वामित्वकायमगर्न अभियान सञ्चालन गर्नुपर्ने, भूमिको वर्गीकरणगरि उपयोगको योजना बनाउनु पर्ने, कृषि, बन, वातावरण, भूमि, उद्योग, बस्ती ब्यवस्थापन जस्ता क्षेत्रमा लगानी बढाई पर्यटन र पूर्वाधार बिकासलाई समेत प्रकृति मैत्री बनाउनुपर्ने कुरा तालिममा छलफल गरिएको छ।






