कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका दलित, विपन्न युवाहरुलाई वेटर र कुक तालिम दिईएको छ । होटल क्षेत्रमा रोजगारीका लागि भीमदत्त नगरका दलित, विपन्न युवाहरुलाई वेटर र कुक तालिम लिईएको हो ।

भीमदत्त नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना एव प्रधानामन्त्री रोजगार कार्यक्रमको आर्थिक एव सिटिजन ईन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजको प्राविधिक सहयोगमा तालिम दिईएको जनाईएको छ ।

उक्त तालिमको बुधबार एक कार्यक्तमका विच समापन गर्दै भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले सिकेकको सीप स्वदेशमै लगाएर आत्मनिर्भर बन्न सुझाव दिएकी छिन । २० जना कुक, २० जना वेटर गरेर ४० युवाहरुलाई दिएको उक्त तालिमका सहभागिहरुले सिकेको सिप सदुपयोग गर्नेमा प्रतिबद्धता जाहेर गरेका छन ।







