पाँच दिन थप आंशिक निषेधाज्ञा , जिल्ला प्रशासन कञ्चनपुरको के छन आदेश ?


 कञ्चनपुर 
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड -१९ का संक्रमण दिनप्रतिदिन थपिदै गए पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले थप पाँच दिनका लागि आंशिक निषेधाज्ञाको समयावधि थपेको छ ।
महामारी संगै एका एक जिल्ला संक्रमण बढ्दै गएको हुँदा नियन्त्रण तथा रोकथामको लागि आज आइतबार १४ गते राती देखि भाद्र १९ गते राति १२ बजेसम्मका लागि आंशिक निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभएको छ ।
जिल्ला सुरक्षा समिति कञ्चनपुरको आइतबार बसेको बैठकले निषेधाज्ञालाई थप कडाई गर्दै अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय तथा यातायात साँझ ०५:३० बजेदेखि बिहान ७ बजेसम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताएका छन् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img