दोधारा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको निमार्णधिन महाकाली ४ लेन नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्ने अन्तिम तयारी पुरा गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १ निमार्णधिन ४ लेनको पक्की पुल नजिक माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना गर्नको अन्तिम तयारी पुरा गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागी माईती नेपाल कञ्चनपुरले महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न लागेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

https://www.youtube.com/watch?v=aM3MY8GSWRI

यस अघि दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुल नजिक माईती नेपाल कञ्चनपुले सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अहम भुमिका निर्वाह गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले माव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै उपमेयर जोशीले नगरपालिका कार्यालयबाट माईती नेपाल कञ्चनपुरलाई आवश्यक सहयोगको लागी सदैव तयार रहेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग तथा सहकार्यमा महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न अन्तिम तयारीमा माईती नेपाल जुटेको छ् । ४ लेनको पक्की पुल नजिक घुम्ती निमार्ण गरिसकेको छ भने, सम्भवत : माईती नेपालको आउदो वार्षिकउत्सवको अवसरमा सुचना तथा परामर्श केन्द्रको उद्धघाटनमा माईती नेपाल कञ्चनपुर जुटेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । निमार्णधिन महाकाली ४ लेनको पक्की पुलमा आवत जावत अहिले आएर ह्वात्तै बढेको अवस्थामा मानव बेचबिखन रोक्नको लागी सुचना तथा परामर्श केन्द्र आवश्यक रहेको औल्याउदै निमार्ण क्रममा रहेको महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न लागिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।
दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गर्न लागेकोमा खुशी ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै धन्यबाद दिएका छन् ।
