दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले वडामा रहेका बिपन्न तथा गरिबको घर निमार्ण कार्यको तयारीमा जुटेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार विपन्न तथा गरिव घरपरिवारको आवास निमार्ण कार्यमा वडाध्यक्ष केशव खत्रीले तयारी सुरु गरेका छन् । बिष्ट टोलका भविसरा मगर, ईन्द्रा टोलका शान्ती बोहरा र लक्ष्मी थापा मगरको यस आर्थिक वर्षमा आवास निमार्ण गरिने वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

तिनै घरपरिवार आर्थिक अवस्था दैनिय रहेको बताईएको छ् । गरिव तथा विपन्न भएकै कारण घर निमार्ण गर्न नसकेकाहरुको छनौट गरि यस आर्थिक वर्षमा तिन घरपरिवारको आवास निमार्ण गर्न थालिएको वडाध्यक्ष खत्रीले बताएका छन् । ‘केही दिन भित्रै घर निमार्ण कार्य सुरु गर्ने तयारीमा छौं’ वडाध्यक्ष केशव खत्रीले भने –‘गरिव तथा बिपन्नकै कारण कच्ची घरमा बसदै आएका तिन घरपरिवारलाई छनौट गरेका छौं ।’

गरिब तथा विपन्नहरुको जस्तापाता सहित २ कोठे आवास निमार्ण हुने भएपछि स्थानियहरुले खुशी प्रकट गर्दै वडाध्यक्ष लगाएत जनप्रतिनिधीलाई धन्यबाद दिएका छन् ।







