सन्दिपले मनाए समाज कल्याण अञ्चल बाल अनाथालयमा जन्मदिन


कञ्चनपुर : भीनपा–६ बस्ने सन्दिप विष्टले आफ्नो १३ औं जन्मदिन समाज कल्याण अञ्चल बाल अनाथालय कञ्चनपुरमा मनाएका छन् । सार्क विद्यालयमा कक्षा ६ मा पढ्दै आएका विष्टले शनिबार अनाथालयका बालबालिका सँग जन्मदिन मनाएका हुन् । उनेले त्यहाँ रहेका २५ जना बालबालिकालाई मोःमो, मिठाई, जुस खुवाउनुको साथै स्टेश्नरी वितरण गरेका छन् । गर्मी दिन लागेको हुनाले उनीहरुलाई पानी पिउनको लागि प्रत्येक बालकहरुलाई पानी पिउने बोतल पनि दिएका थिए ।

भारतमा काम गर्दै आईरहेका सन्दिप विष्टका बुवा सेर सिह विष्टले छोराको जन्मदिन समाज कल्याण बाल अनाथालयमा मनाउन पाएकोमा सारै खुशी लागेको बताए । उनले भने, ‘यहाँ समाज कल्याण बाल अनाथालयमा रहेका बालकहरु पनि आफ्नै सन्तान सरह नै रहेकोले उनीहरु सँग सानो खुशी भए पनि साट्न पाएकोले आफुलाई खुशी मिलेको छ । जन्मदिनमा फजुल खर्च गरेर मदिरा सेवन गर्नु भन्दा अनाथ, असाहयको दुःखमा सानो भए पनि सहयोग गर्नु उत्तम हुने बताए । आउदो दिनमा पनि आफुले सहयोग गर्ने विष्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img