होली फेमली स्कुलको बार्षिकोत्सव : शैक्षिक गुणस्तरमा प्रतिबद्धता


कञ्चनपुर :  कञ्चनपुरको उत्तरी भीमदत्त नगरपालिका क्षेत्रमा रहेको एक संस्थागत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार भीमदत्त नगरपालिका १० तिलकेनीको होली फेमली ईङलिस बोडिङ्ग स्कुलको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । होली गुफअफ स्कुल्सका असिस्टेन्ट म्यानेजर तथा शिक्षक महादेव भट्टले स्वागत मन्तव्य राख्दै विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन । उनले होली गुफअफ स्कुल्स अन्र्तरगतका सुबै विद्यालयले शैक्षिक गुणस्तर अनुरुप अघि बढिरहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल खडक सिह विष्ट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जाहेर गरेका छन ।प्रिन्सिपल विष्टले विगतदेखि विद्यालयले गर्दै आएको शैक्षिक गुणस्तर निरन्तरता दिदै अझ आगामी दिनमा बृद्धि गर्दै लैजाने बताए । होली गुफअफ स्कुल्स संचालक समितिका अध्यक्ष भुपाल सिह विष्टको अध्यक्षतामा भएको कार्यक्तममा पुर्वमन्त्री एव प्रतिनिधी सभा सदस्य रमेश लेखक प्रमुख अतिथि र सुप प्रदेश सरकारका पुर्वमन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावल बिशिष्ठ अथिति रहेका थिए ।

प्रमुख अतिथि लेखक, बिशिष्ठ अतिथि रावल सहितका वक्ताहरुले विद्यालयले गरिरहेको बृद्धि विकास बारे प्रसंसा गरेका थिए । कार्यक्रममा विद्यालयबाट राष्ट्रिय स्तरमा विभिन्न खेलकुद खेल्दै आएका ५ खेलाडी एव ५ शिक्षकलाई समेत सम्मान गरिएको छ । विभिन्न साँस्कृतिक कला प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img