कञ्चनपुर – नेपाल भारत सीमामा हुने विविध समस्याको समाधानका लागी दुई देशका व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारी बिच छलफल गरिएको छ । कञ्चनपुरको नेपाल भारत सिमानाका गड्डाचौकी बाट भारत आवत जावत गर्दा हुने विविध समस्या समाधानका लागी नेपाल भारत मैत्री संघको आयोजनामा दुई देशका व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारी बिच शुक्रबार गड्डाचौकीमा छलफल तथा सहजिकरण अन्तरकृया गरिएको हो। आँउदै गरेको पूर्णगिरि मेलालाई समेत मध्यनजर गर्दै दुईदेशको सीमामा आवत जावतमा सहजता, सवारी साधन तथा व्यापार व्यवसायमा सहजिकरण तथा अन्य विविध विषयमा छलफल तथा अन्तरकृया गरिएको हो ।
उक्त नाकामा आवत जावत गर्दा विविध समस्या देखिएको कारण उक्त समस्या समाधान गर्दै सहज आवत जावतका लागी पहल गर्ने उद्देश्यका साथ अन्तरकृया कार्यक्रम आयोजना गरिएको नेपाल भारत मैत्री संघका अध्यक्ष कृष्ण प्रसाद पाठकले बताए। साथै उनले दुवै देशका नागरिकलाई आवत जावतमा समस्या नहोस् र यातायातका साधनहरू समेत सहज आवत जावत होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। यसै गरि बनबासा व्यापार मण्डलका नवनिर्वाचित अध्यक्ष भरत सिह भण्डारीले नेपाल भारत बिच वर्षौ देखिको सम्बन्ध रहेको हुँदा मित्रवत व्यवहार हुनु पर्ने बताउँदै यसका लागी पहल भइरहेको बताए।
साथै उनले छिट्टै कञ्चनपुर उद्योग वाणिज्य संघ सँग सिमानामा हुने समस्या र व्यापार व्यवसायको प्रवर्द्धनका लागी बैठक आयोजना हुने र कसरी सहजरूपमा व्यवसाय प्रवर्द्धन गर्न सकिन्छ यसबारे पहल गरिने बताए। छलफल पश्चात दुवै देशका सुरक्षा निकायका प्रतिनिधिले सीमामा सहज आवतजावतका लागी वातावरण बनाउने प्रतिवद्धता गरेका छन । कार्यक्रममा बनवासा नाकाका एसएसबीका प्रमुख, टनकपुर प्रहरी प्रमुख, सशस्त्र प्रहरीका नायब उपरीक्षक, लगायतका दुवै देशका सुरक्षा निकायका पदाधिकारी, बनवाशा व्यापार मण्डलका तथा तथा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सहित अन्य पदाधिकारी, दुवै देशका यातायात व्यवसायी, उद्योगी व्यापारी लगायतको उपस्थिति रहेको थियो ।






