महेन्द्रनगर मावि साधारण स्कुल ईन्जिनियर संकायका विद्यार्थीद्वारा बृद्धआश्रममा फलफुल


महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालयका विद्यार्थीले बृद्ध आश्रममा फलफुल वितरण गरेका छन । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर नमुना माध्यामिक विद्यालयका ईन्जिनियर संकायका विद्यार्थीले बृद्धआश्रममा फलफुल वितरण गरेका हुन ।

महेन्द्रनगर नमुना मावि ईन्जिनियर संकायका संयोजक ईन्जिनियर बसन्तराज भट्टले समाजिक कार्यका लागि विद्यार्थीले समाजिक कार्यका लागि बृद्धआश्रममा फलफुल वितरण गरेको बताए । शिक्षक भट्टका अनुसार बेदकोट नगरपालिका ८ रौटेला स्थित बैजनाथ बृद्ध आश्रमका जेष्ठ नागरिकलाई फलफुल वितरण गरिएको छ ।

फलफुल वितरणमा विद्यालयका सहायक प्रअ सरस्वती भाट (धामी), शिक्षिका विजयालक्ष्मी अवस्थी सहितका विद्यार्थीको सहभागिता रहेको थियो । यसरी ईन्जिनियर संकायका विद्यार्थीले समाजिक काम गरेपछि विद्यालयका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रअ देवराज भट्ट सहितका शिक्षकले धन्यवाद ज्ञापन गरेका छन ।


ताजा समाचार

spot_img