खडक ब. काेली/कञ्चनपुर : महाकाली आयुर्वेदिक अञ्चल अस्पताल कञ्चनपुरमा बिरामीहरूको सङ्ख्या विगतको वर्ष भन्दा यस वर्ष बढेको महाकाली आयुर्वेदिक अञ्चल अस्पतालका कार्यालय प्रमुख डाक्टर ओम प्रकाश कलौनीले बताएका छन्। यस वर्ष अल्ट्रासाउन्ड सहितको निःशुल्क सेवा सुविधा विशेषज्ञ चिकित्सकद्वारा उपचार गरिने हुनाले बिरामीहरू आउने गरेको कार्यालय प्रमुखले बताए निःशुल्क अल्ट्रासाउन्ड, रगतको परीक्षण दिशा पिसाब बाथ रोग नसा च्यापिएको हड्डी खिएको प्यारालाइसिस रोग लगायतको व्यवस्थापन पञ्चकर्म सेवाद्वारा निःशुल्क रुपमा सेवा प्रदान गरिरहेकाे प्रमुखले बताए।

मधुमेह उच्चरक्तचाप मुटु रोग लगायतका नसन्ने रोगहरूको पहिचान रोकथाम तथा उपचारको लागि स्वस्थ जीवन कार्यक्रम र नसर्ने रोगको व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको कलौनीले बताए। आयुर्वेदिक अस्पतालमा उपचार गरिरहेका दुर्गादत्त पन्तले दुईटै खुट्टामा नसारोग देखा परेकोले विभिन्न ठाउँमा उपचार गर्दा ठीक भएन यस अस्पतालमा उपचार गरेको २० दिनमा एक खुट्टा निको भई सकेको र दोस्रो खुट्टा पनि राम्रो हुन लागेको पन्त बताउँछन्।

उपचार गरिरहेका नवराज पनेरुले पञ्चकर्म आयुर्वेदिक सेवा दिईरहेकाे अस्पतालले मन मस्तिष्कलाई स्वस्थ रहने बताउँदै भित्रका टक्सिनहरु विकार पदार्थहरु हटाउने रक्त सञ्चालनमा सहयोग नसा रोग बाथरोगजस्ता रोग राम्रो हुने बताए। यस अस्पतालमा सबै सेवाहरु निःशुल्क गरिने हुनाले दार्चुला बैतडी डडेल्धुरा टाढाका बिरामीहरू पनि आउने गरेको डाक्टरले बताए










