कञ्चनपुर : आयुर्वेद चिकित्सा ५० वर्ष अघिसम्म नेपालको मूलधारको चिकित्सा पद्धति थियो र आयुर्वेद सेवाको पहुँच सर्वसाधारण नागरिक सम्म पुर्याउने उद्देश्यले देशैभरि क्रमशः १४ वटै अञ्चलमा आयुर्वेद औषधालयको स्थापना भएको थियो । महाकाली अञ्चल आयुर्वेद औषधालयको स्थापना पञ्चायत कालमा राजा महेन्द्रको पालामा बैतडी जिल्लाको गाजरी, च्वाँगढ भन्ने स्थानमा भएको थियो । महाकाली अञ्चलको सदरमुकाम महेन्द्रनगर निर्धारण भएपछि विक्रम सम्वत् २०४३ सालमा औषधालय महेन्द्रनगरमा स्थानान्तरण गरिएको थियो।लामो समयसम्म औषधालय भाडामा रहेको थियो र वि. स. २०५१ सालमा भवन निर्माण भई हाल औषधालय रहेको स्थानामा सरेको थियो । संघीयता पश्चात यस कार्यालयको नाम महाकाली आयुर्वेद औषधालय रहन गयो र यो सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत कञ्चनपुर जिल्लाभित्र आयुर्वेद सेवा प्रदायक तथा नियमनकारी निकायको रूपमा कार्य गरिरहेको छ ।
महेन्द्रनगर कञ्चनपुरमा औषधालय स्थानान्तरण भएदेखिका कार्यालय प्रमुखहरू :
1. डा लिलाकान्त झा
2. डा वासुदेव कँडेल
3. डा पृथ्वीराज पौडेल
4. श्री देवकला भण्डारी
5. श्री श्याम कृष्ण जोशी
6. श्री कृष्ण दत्त पाण्डेय
7. डा मुरलीमनोहर रौनीयार
8. श्री राम भजन शाह
9. श्री शम्भुनाथ मिश्रा
10. डा बाबुराजा अमात्य
11. डा नागेन्द्र प्रसाद मिश्रा
12. श्री शिव नारायण शाह
13. श्री भुपनारायण मण्डल
14. डा ठाकुरप्रसाद दुवाडी
15. डा मुरलीमनोहर रौनीयार
16. डा भूपनारायण झा
17. डा खगेन्द्र बहादुर बम
18. डा अर्जुन उपाध्याय
19. डा सूर्य उपाध्याय
20. डा ओम प्रकाश कलौनी हाल कार्यरत
संगठन संरचना
1. आयुर्वेद चिकित्सक १
2. कविराज १
3. वैद्य १
4. सहलेखापाल १
5. कार्यालय सहयोगी १
6. औषधि कुटुवा १

आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति हो । हिमालय र जलस्रोत जस्तै सम्पदामा आयुर्वेद चिकित्सामा रहेका मौलिक परम्परा, पाण्डुलिपी, अभिलेख तथा जडिबुटीहरूको औषधीय प्रयोगले नेपालमा महत्वपूर्ण स्थान लिएको छ । नेपाली नागरिकको स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्न र स्वास्थ्यमा आत्मनिर्भरता वृद्धिका लागि परापूर्वकालदेखि स्वास्थ्य रक्षा र रोगको उपचार गर्दै आएको आयुर्वेद चिकित्साको विशिष्टता समय सापेक्ष छ ।
कार्यक्रमहरू
महाकाली आयुर्वेद औषधालय, कञ्चनपुरमा निःशुल्क प्रदान गरिने सेवाहरूः
1. बहिरंग सेवा
2. पञ्चकर्म (पूर्वकर्म सेवा) कार्यक्रम
3. औषधि वितरण
4. स्वस्थ जीवन कार्यक्रम
5. प्रयोगशाला सेवा
6. भिडियो एक्सरे सेवा
7. नसर्ने रोग व्यवस्थापन कार्यक्रम
8. रसायन तथा वाजिकरण कार्यक्रम
9. जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम
10. स्तनपायी आमालाइ स्तन्यवर्धक औषधि वितरण कार्यक्रम
11. नागरिक आरोग्य कार्यक्रम
समस्याहरू
भौतिक संरचनाः महाकाली आर्वेद औषधालय, कञ्चनपुरमा सेवाहरू प्रत्येक वर्ष सेवा सुविधा वढ्दै गएपनि भौतिक संरचना भने जीर्ण चुहिने अवस्थामा नै रहेको छ । औषधालयलाइ अस्पतालमा स्तरोन्नति गरी अस्पताल भवन बनाउनु पर्ने सर्वसाधारणको माग रहेको छ ।
जनशक्तिः कञ्चनपुर जिल्लाभरिका ५१३७५७ नागरिकहरूलाइ आयुर्वेद सेवा प्रदान गर्ने औषधालयमा १ जना आयुर्वेद चिकित्सक सहित ३ जना प्राविधिक रहेका छन् । विशेषज्ञ आयुर्वेद चिकित्सक सहित औषधालयलाइ अस्पतालमा स्तरोन्नति गरी आवश्यक जनशक्ति थप गरिदा कञ्चनपुरवासीले आयुर्वेद सेवा सहज रूपमा प्राप्त गर्न सक्छन ।

चुनौति
अनुसन्धानको अभावः आयुर्वेदका ग्रन्थहरूमा आधारित सैद्धान्तिक र चिकित्सकीय अनुसन्धान गरी आयुर्वेद चिकित्सालाइ प्रमाणमा आधारित चिकित्सा पद्धतिमा रूपान्तरण गरिनुपर्ने ।
आयुर्वेदका विशिष्ट चिकित्सा पद्धतिहरूलाइ समय सापेक्ष परिमार्जन गरी नेपाली नागरिकको बदलिदो आकांक्षा र जीवनशैली अनुसार आयुर्वेद चिकित्सालाइ सर्वसाधारण सम्म पुर्याउनुपर्ने चुनौनी रहेको छ ।

अवसर
आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति भएको हुदा समुदायमा सहज स्वीकार्यता हुने हुन्छ । जीवनशैलीजन्य रोगहरू (नसर्ने रोगहरू जस्तै मधुमेह, हृदय तथा नशासम्बन्धी रोग, मानसिक रोग) र तिनका जटिलताहरू (Complications) नेपाल सरकार र नेपाली नागरिकका लागि स्वास्थ्यमा हुने व्ययभार (खर्च) को मुख्य कारण हुन् । नसर्ने रोगहरू र तिनका जटिलताहरू समाजको उत्पादकत्वमा ह्रास र गरीबी वृद्धिको कारण हुन्छन । यिनको व्यवस्थापनका लागि योग, पञ्चकर्म, सदवृत्त, दिनचर्या, ऋतुचर्या आदि को प्रयोग गरी यी रोगहरूको रोकथाम तथा नियन्त्रण मा सहयोगी हुन सक्छन् । आयुर्वेद चिकित्साको प्रवर्धन तथा विस्तारबाट स्वास्थ्यमा आत्मनिर्भरता वृद्धि हुने । नेपालमा पाइने जडिबुटीहरू उत्कृष्ट गुणयुक्त हुन्छन् तर ती कच्चा पदार्थका रूपमा भारत लगायतका देशहरूमा निर्यात हने र महंगा आयुर्वेद औषधिका रूपमा आयात हुने गरेका छन् । जडिबुटीको खेति, संकलन, प्रशोधन तथा औषधि निर्माण गरी विक्रि वितरणबाट आर्थिक प्रगतिको सम्भावना रहेको छ ।










