कञ्चनपुर : दैनिक युवाहरु नसाको कुलतमा फसि रहेको अवस्थामा कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गोप्य सूचनाको आधारमा लागु औषधको कारोबार गर्दै आई रहेका कारोबारीलाई लागु औषध सहित पक्राउ गरेको छ ।

भीनपा–०४ पुरानो बसपार्क स्थित आफ्नै घरमा पसल संचालन गर्दै आएका शेर सिंह धामीलेको पसल बाट १२९.६७ ग्राम चरेश सहित पक्राउ गरेको हो । धामीलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरले जनाएको छ ।











