कञ्चनपुर : भारतीय एक युवक विश्व पैदल यात्राका लागि भन्दै नेपाल(कञ्चनपुर) आएका छन । भारतकोे महाराष्ट्रका रोहन अग्रवाल कञ्चनपुर आएका हुन । अग्रवालले विश्वभरी स्वच्छ वातावरणका लागि नेपालबाट भुटान जाने बताए ।
उनले यस अघि भारत र बङलादेशको यात्रा सकेको बताउँदै पुन नेपाल, भुटान सहितका देशमा यात्रा गर्ने बताए । कञ्चनपुरका विभिन्न राजनीतिक, समाजिक व्यक्तित्वसंग भेटघाट गरेर कसरी वातावरण स्वच्छ राख्ने विषयमा छलफल गरिरहेको बताए ।










