सार्क एजुकेसन फाउन्डेसनको छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवशसम्पन्न


कञ्चनपुर : कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित सार्क स्कुलले आफ्नो छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ । स्थापनाको छोटो समयमा नै ख्याती कमाउन सफल कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित सार्क स्कुलले विज्ञान कला प्रदर्शनी सहित आफ्नो छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ ।

सोमवार नेपालका ख्यातीप्राप्त संस्कृती तथा शिक्षा विद अध्यात्म चिन्तक डा. चिन्तामणि नाथ योगीको प्रमुख आतिथ्यतामा सार्क एजुकेसन फाउन्डेसनले विविधकार्यक्रमको आयोजना गरि आफ्नो छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवश संगै विज्ञान कला प्रदर्शनी आयोजना गरेको हो । कार्यक्रममा आफ्नो सारगर्भित भनाई राख्दै अन्तराष्ट्रीय स्तरमा समेत ख्याती कमाउन सफल आध्यात्मिक गुरु संस्कृती तथा शिक्षा विद डा चिन्तामणि नाथ योगीले वालवालिकाहरुलाई असल संस्कारको शिक्षा घरबाट दिनु पर्ने वताउनु भएको छ । शिक्षा र सिप विद्यालय बाट सिक्न सकिने, गुगल बाट डाउनलोड गरेर समेत सिक्न सकिने भए पनी असल संस्कार घरपरिवार बाट मात्रै लिन सकिने समेत उहाले वताउनु भयो । सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण वस्नेतले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको वताउदै विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु र गिनिज बुकमा नाम लेखाउन सफल भएको प्रमाण पत्र समेत वितरण गरिएको वताउनु भयो । साथै उहाले कार्यक्रममा अभिभावकहरुको समेत सतप्रतिशत सहभागिता रहेको समेत वताउनु भयो ।

कार्यक्रममा केहि दिन अगाडि काठमाण्डौमा सञ्चालित अन्तराष्टीय रोवोटिक्स कम्पटिसनमा सहभागि भई गोल्डन गेट कलेज काठामाण्डालाई पराजित गर्दै प्रथम हुन सफल सार्क एजुकेसन फाउन्डेसनको टीमलाई नगर पुरुस्कार सहित सम्मान समेत गरिएको थियो भने मन्टेश्वरीका वालवालिकाहरुले पाठ्यक्रममा आधारित उत्कृष्ट कयाकलाप वाफत गिनिज बुकमा नाम लेखाउन सफल भएको प्रमाण पत्र समेत विद्यालयलाई हस्तान्तरण गरिउको थियो । कार्यक्रममा फरक किसिमले अभिभावकद्धारा विद्यार्थीहरुको मेमोरी टयालेन्ट चेक, योग विज्ञान प्रस्तुती, सांस्कृतिक कायृक्रम लगायत विविध कार्यक्रमको आयोजना गरेर समापन गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img