कञ्चनपुर : कञ्चनपुरकोे एक सामुदायिक विद्यालयका शिक्षकको विदाई गरिएको छ । बेदकोट नगरपालिका ७ सुडाको घटाल माध्यामिक विद्यालयका शिक्षक नरेश बहादुर केसीको विदाई गरिएको हो । घटाल माध्यामिक विद्यालयका शिक्षक नवराज पन्तले सेवानिवृत भएका शिक्षक केसीको विशेष कार्यक्रम गरेर मंगलबार विदाई गरिएको बताए ।

शिक्षक पन्तका अनुसार ४माघ ०४२सालदेखि शिक्षण पेशामा प्रवेस गरेका शिक्षक केसीले ३८ बर्ष शिक्षण गरेका थिए । १३बर्ष भुवनेश्वरी मावि सिसैया र २५ बर्ष घटाल मावि सुडामा शिक्षण गरेका शिक्षक केसीको विद्यालयदेखि सिसैया घरसम्मै बाजागाजाका साथै विदाई गरिएको छ ।

विद्यालयका प्रअ कृष्ण भण्डारीको अध्यक्षतामा एव बेदकोट नपा ७का वडाध्यक्ष थानेश्वर प्रशाद भट्टको प्रमुख आथित्य, विव्यसका अध्यक्ष गणेश नेपालीको बिशिष्ठ आथित्यमा कार्यक्तम गरिएको छ । विद्यालयका पुर्व प्रअ नरेन्द्र सिह भण्डारी सहितका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकले मायाको चिनो सहित विदाई गरेका थिए । अभिभावक शिक्षक, कर्मचारी विद्यार्थी असल शिक्षकको उत्साहपुर्ण विदाई गरिएको बताएका छन ।







