कञ्चनपुर : कालाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरको अभिनयमा पुर्वकी छो¥याट्टीको छायाङकन सम्पन्न भएको छ । कञ्चनपुरको विभिन्न स्थलमा देउडा गित पुर्वकी छो¥याट्टीको छायाङकन गरिएको हो । खप्तड डिभिजट म्यूजिकको आयोजनामा नयाँ बजारमा आउने नृत्य सहितको देउडा गित पुर्वकी छो¥याट्टीको छायाङकन सम्पन्न गरिएको छ ।

रचनाकार’शब्द राजेन्द्र शाह(विपी), संगित/स्वर जय ओखेडा, महिला स्वर स्मृति शाही, एजेञ्ज राजेन्द्र बाजुरेली, निर्देशक तथा कोरियोग्राफर भीम थापा, छायाङकन अमृत उपाध्यायले गरेका थिए । उक्त पुर्वकी छो¥याट्टी गित मायापिरतीमा आधारित छ । कालाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरले यस अघि पनि दर्जनौँ गितसंगितमा अभिनय गरिसकेका छन ।

पछिल्लो समय उनीहरु गितसंगितको जगतमा चर्चामा आईरहेका छन । भावि दिनमा अभियन थप पुरस्कृत बनाउँदै लैजाने उनीहरुको प्रतिबद्धता छ । केही अघि मात्रै कलाकार उपाध्यायले दोस्रो सुदूरपश्चिम ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड ०८० पाएका थिए ।











