दोधारा । सडक दुर्घटना न्युनिकरणका लागी चाँदनी बजार क्षेत्रका सडकमा रोड मार्किङ गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको चाँदनी बजार क्षेत्रका सडकमा हिट रोड मार्किङ कार्य सुरु सम्पन्न गरिएको कृष्णा बजार ब्यवस्थापन समिति दोधारा चाँदनी– ४ का संयोजक शुनिल बुढाले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका– २ र ४ मा रहेको चाँदनी बजार क्षेत्रका सडकमा हिट रोड मार्किङ कार्य सम्पन्न गरिएको संयोजक शुनिल बुढाले बताएका छन् । केही दिन अघि पनि कृष्णा बजार ब्यवस्थापन समितिले हस्त रोड मार्किङ गरिएको थियो । हस्त रोड मार्किङको रंग उत्रिए संगै आज हिट मसिनले रोड मार्किङ गरिएको उनले बताए ।

रोड मार्किङले गर्दा सडक दुर्घटना न्युनिकरण तथा बजारको क्षेत्रको सोन्दर्यता ल्याउन सहज हुने बिश्वास गरिएको कृष्णा बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले बताएका छन् । बजार क्षेत्रमा बढ्दो सवारी साधनको कारण दुर्घटना न्युनिकरणमा सहज हुने अपेक्षा सहित कृष्णा बजार ब्यवस्थापन समितिले रोड मार्किङ सुरु गरेको बताएको छन् । सडक दुर्घटना न्युनिकरणमा केही हद सम्म रोड मार्किङले सहज बनाउने स्थानियहरुको भनाई रहेको छ् ।

‘सामाजिक सुव्यवस्था, सडक सुरक्षा र दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले ३ सय मिटर बजार क्षेत्रमा रोड मार्किङको कार्य सम्पन्न भएको छ्’ कृष्णा बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले भने ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा क्रियाशिल देखिएको कृष्णा बजार ब्यवस्थापन समितिको आफ्नै लगानीमा रोड मार्किङ गरिएको बताईएको छ् ।






