कञ्चनपुर : प्रजापति ब्रह्मा ईश्वरीय विश्व विद्यालयदारा सकारात्मक परिवर्तनको लागि शिक्षा शिक्षक संगेष्टि कार्यक्रम सम्पन्न भएको छ । भीनपा – १८ स्थीत रहेको ब्रह्मा कुमारी कञ्चनपुरमा रहेका शिक्षकहरुलाई कसरी सकारात्मक परिवर्तनको लागि शिक्षा हुन्छ भन्ने बारेमा बताइएको थियो ।

प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्विद्यालयकी संन्चालिका ब्रह्मा कुमारी महिमा बैनिले सकारात्मक सोचको विकास कसरी गर्ने भन्ने बारे बताएका थिए। उक्त कार्यक्रममा शिक्षक पेशाबाट पनि अवकाश प्राप्त तथा प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्विद्यालय संङ्ग आबद्ध रहेका शिक्षिका मघु हमाल, शशी ओझा, नारा जोशी साथै पि.एच.डि. गर्नु भएका शिक्षिका पदमा सावद र गीता भट्टलाई प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा शिक्षक पेशाबाट अवकाश प्राप्त र हाल शिक्षण पेशा गर्दै आइरहेका विभिन्न विद्यालयका प्र.अ. र शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा व्यक्ताहरु हिरा चन्द, सुरेन्द्र ओझा र जानकी उपाध्यायले सकारात्मक परिवर्तनको लागि शिक्षा बारे आफ्नो विचरा राख्नु भएको थियो ।

प्रजापिता ब्रह्मा ईश्वरीय विश्व विद्यालयका संन्चालिका ब्रह्मा कुमारी महिमा बैनिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुखको प्रमुख आतिथ्य दिपक राज कलौनि रहनु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य गिरिस चन्दले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालत भगवती थापाले गर्नु भएको थियो । सो कार्यक्रममा शिक्षक पेशाबाट पनि अवकाश प्राप्तकार्यक्रममा विभिन्न विद्यालयका प्र.अ. र शिक्षकको सहभागिता रहेको थियो ।











