बीमाकाे परिपक्व रकम भुक्तानी


कञ्चनपुर :  बिमा गर्दा सजिलाे, तर भुक्तानी लिदा झन्झटिलो भन्ने शब्द धेरैकाे बाट सुने र सुन्न पाईन्छ पनि, तर भिमदत्तनगरपालिका १६ वसन्तपुरका नारा पन्तले भने आफ्नाे बिमाकाे परिपक्व रकम भुक्तानी लिन नेशनल लाईफ महेन्द्रनगर शाखा कार्यालयमा पुगेर माथि उध्रित गरिए जस्ताे कुनै पनि झन्झट खेप्नु परेन।

बरु उहाले शाखा प्रमुख नविनकिशाेर भट्ट, चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सहित समग्र नेशनल लाईफ परिवारलाई धन्यवाद दिदै आभार ब्यक्त गरेर जानु भयाे। जीवन बीमा आफ्नाे कमाईकाे स सानाे रकमलाई बचत पनि गरिदै जाने र बिमा समाप्ति समयमा पुजि निर्माण पनि हुने तथा मान्छेकाे जीवनमा आईपर्ने जाेखिम लाई पनि बहन गर्ने भएकोे सबैले आ आफ्नो क्षमता अनुसार अनिवार्य गर्नु राम्रो हाे भन्न हुन्छ नारा पन्त।

उहाँले २० बर्षे १ लाख बिमाङ्क रकमकाे बिमा गर्नु भएकोमा आज २०८० फागुन ३ गतेका दिन रु दुई लाख तेरह हजार दुई सय तेईस मात्र रकमकाे चेक महेन्द्रनगर शाखाका शाखा प्रमुख बाट बुझेे लैजानु भएको छ। नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी नेपालकै पहिलाे अग्रणि जीवन बीमा कम्पनी हाे। यहि फागुन १० गते कम्पनीको ३७ ओै बर्षमा प्रबेश गर्दै छ।


Loading Viewer...

ताजा समाचार

spot_img