निम्बुखेडा निवासी राम सिंह भण्डारी सम्मानित


कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडा निवासी राम सिंह भण्डारी सम्मानित भएका छन्। भीनपा १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ४५ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो।

विद्यालयमा अध्ययन गर्ने गरिब, असाय, दलित तथा जेहेन्ददार विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले उनका बुबा स्व. हरि सिंह भण्डारी र आमा स्व. श्रीमती बेसरा देवी भण्डारीको स्मृतिमा रु ५५००० को अक्षयकोष स्थापना गरेको हुँदा उनलाई सम्मानित गरिएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदका अनुसार उनलाई प्रशंसा पत्र र दोसल्ला सहित सम्मान गरिएको हो।


Loading Viewer...

ताजा समाचार

spot_img