दार्चुला : जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यलय दार्चुला मा कार्यरत लेखा अधिकृत गजेन्द्र प्रसाद जोशीको भव्य बिदाइ गरिएको छ । बुधबार बाजागाजा सहित जोशी को बिदाइ गरिएको हो । ऊनी अहिले दार्चुला बाट यातायात व्यवस्था कार्यालय कंचनपुर मा सरुवा भएका हुन। आफ्नो कार्य कुशलतामा अब्बल जोशी को कार्यको उच्च मूल्याकंन गर्दै कर्मचारी तथा स्थानीयले उनको भव्य बिदाइ गरेका हुन ।

करिब १२ बर्षदेखि विभिन्न स्थानीय तह र कार्यालयमा लेखा अधिकृत को जिम्मेवारी सम्हाल्दै आउनु भएका जोशी विगत ५ बर्षदेखि जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत रहेका थिए । आफ्नो कार्यमा अब्बल, सक्षम र इमान्दार अधिकृत सरुवा भएर जादा दार्चुला बासि निरास भएका स्थानियले बताएका छन । स्थानीय बाजागाजा सहित जनप्रतिनिधि , विभिन्न राजनीतिक दल तथा कर्मचारीले दार्चुलाको गोकुले बजार परिक्रमा गरि उनको बिदाइ गरिएको छ ।










