दोधारा । नेपाली काँग्रेस (विपी) कञ्चनपुरका जिल्ला सदस्य धन बहादुर शाहीले पार्टी र पदबाट राजिनामा दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ९ निवासी विपी काग्रेंस कञ्चनपुरका जिल्ला सदस्य तथा प्रदेश सभा क्षेत्र नं. ३ (ख) का उम्मेदवार धन बहादुर शाहीले विपी काग्रेंसमा कुनै भिजन नभएको भन्दै पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जालमा एक बिज्ञप्ती प्रकाशित गर्दै विपी कांग्रेंसमा पार्टीमा कुनै किसिमको भिजन नदेखिएकोले पार्टी र पद परित्याग गरेको बताएका छन् ।


‘विपी काग्रेंस कञ्चनपुरका जिल्ला सदस्य तथा प्रदेश सभा क्षेत्र नं. ३ (ख) का उम्मेदवार र हामी तपसिलका विपी काग्रेंसहरुले विपी काग्रेंस पार्टीमा कुनै किसिमको भिजन नदेखिएकोले आजकै मिति देखि हामी तपसिलका कार्यकर्ताहरुले उपरान्त पार्टी र पदबाट राजिनामा पेश गर्दछौं’ सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित बिज्ञप्तीमा भनिएको छ् ।







