२९ औ जनयुद्ध दिवस तथा चौथो वैवाहिक वर्षको उपलक्ष्यमा फलफुल/मिठाई वितरण


खडक कोली / कञ्चनपुर : २९ औ जनयुद्ध दिवस तथा चौथो वैवाहिक वर्षको उपलक्ष्यमा भीनपा– १८ का सुकम्वासी बस्तीमा फलफुल तथा मिठाई वितरण गरिएको छ । आज भन्दा चार वर्ष अगाडी जनवादी विवाह गरेका विरेन्द्र विसि र लक्ष्मी जोशीले आफ्नो चौथो वैवाहिक वर्षको उपलक्ष्य तथा जनयुद्ध दिवसको उपलक्ष्यमा सुकम्वासी वस्तीमा रहेका जेष्ठ नागरिक, वृद्ध, अपाङ्कता भएका व्यक्ति लगायतकालाई फलफुल तथा मिठाई वितरण गरेका हुन् ।

No description available.

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा पुर्व अखिल क्रान्तीकारीका केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विसि र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस व्यवस्थपान विभाग प्रशासन प्रमुख लक्ष्मी जोशीले भीनपा–१८ स्थीत सुकुम्वासी बस्तीमा फलफुल तथा मिठाई वितरण गरेका हुन् । समाजिक सेवामा सधै तत्पर रहने बिसि दम्पतीले भने, फजुल खर्च गर्नु भन्दा वृद्ध, अपाङ्कता भएकालाई सेवाभावले वहाँहरु सँगै जनयुद्ध दिवस तथा आफ्नो चौथो वैवाहीक वर्ष मनाइएको बताए ।

No description available.

यसरी समाजिक कार्यमा सेवा गर्न पाएकोमा आफुलाई खुशी लागेको नेता विसिले बताए । सुकुम्वासी वस्तीका जेष्ठ नागरिक धना देवी कोलीले ‘यसरी हाम्रो वस्तीमा आएर आफ्नो खुशी हामी सँग बडेकोमा दुवैलाई आर्शिरवाद तथा शुभकामना व्यक्त गरेका छिन् ।’ अखिल नेपाल सुकुम्वासीका केन्द्रीय उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य आनन्द सिह धामीले सुकुम्वासी वस्तीमा समाजसेवागर्ने हेतुले आज बिरेन्द्र बिसिले यस वस्तीमा फलफुल तथा मिठाई वितरण गरेकोमा वहाँलाई हार्दिक धन्यवाद तथा यसै गरी गरीबहरुको सेवामा सबैले लाग्न आग्रह समेत गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img