दोधारा चाँदनीका चन्द्रा घर देखि बेपत्ता, खोजी कार्य जारी


दोधारा । दोधारा चाँदनीका चन्द्रा थापा मगर बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका– ६ शान्ती टोल निवासी वर्ष अन्ताजी ५८ का चन्द्रा थापा मगर घरबाट बेपत्ता भएको उनका श्रीमान श्याम बहादुर थापा मगरले जनाएका छन् । १४ दिन अघि उनि घर नजिक दाउरा खोज्न गएको बेला उनि बेपत्ता भएको श्याम बहादुर थापा मगरले बताएका छन् । चन्द्राको मानसिक अवस्था कमजोर रहेको श्यामले बताए ।

‘घर नजिक बाटोमा दाउरा खोज्न गएका थिए घर फर्केनन्’ श्यामले भने । श्रीमती घरमा नआएपछि आफन्त तथा छरछिमेकमा खोजी गर्दा पनि नभेटेको उनले बताए । खोजी कार्यका लागी नेपाल प्रहरी, माईती नेपाललाई निबेदन दिएको श्याम थापा मगरले बताए ।

चन्द्रा थापा मगरलाई कसैले देखेमा नजिकको प्रहरी चौकी तथा माईती नेपाललाई खबर गरिदिन श्यामले सबैमा आग्रह गरेका छन् ।


ताजा समाचार

spot_img