महाकाली मोर्डन पब्लिक सेकेण्डरी स्कुलको मोर्डन फेष्ट सम्पन्न


कञ्चनपुर : महाकाली मोर्डन पब्लिक सेकेण्डरी स्कुलले मोर्डन फेष्ट (उत्सव) मनाएको छ । शुक्रबार भएको उत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न किसिमका खानाका परिकार तथा विज्ञान प्रदर्शनी गर्नुको साथै नृत्य, कलाको पनि पदर्शनी गरेका थिए ।

प्रत्येक वर्ष फेष्ट कार्यक्रम गर्दै आई रहेको विद्यालयले यस वर्ष पनि फेष्ट कार्यक्रम गरेको हो । विद्यालयमा आफना नानी बाबुहरुले बनाएको परिकार चाखेर अभिभावक पनि मख्ख परेका थिए भने उनीहरुले बनाएको विज्ञान पदर्शन्किो अवलोकन गरि तारिफ पनि गरेका थिए । ‘पढाईले मात्र विद्यार्थीको चौतफी विकास गर्न नसकिने हुनाले यस प्रकारको कार्यक्रम बाट विद्यार्थीहरुमा शिक्षाको साथै व्यवहारिक ज्ञान पनि बढ्ने’ विद्यालयका प्रधानाध्यापक दिजराज भट्टले बताए ।

विहान १० बजे देखि चलेको मोर्डन फेष्ट कार्यक्रम साझ सम्म चलेको थियो कार्यक्रममा विद्यार्थीका साथ साथै अभिभावले पनि आन्नद लिएका थिए ।


ताजा समाचार

spot_img