कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले नगरपालिकामा हुने सबै निर्णय पारदर्शी ढङगबाट सुचना प्रवाह गर्ने बताएका छन । नगर प्रवक्ताको जिम्मेबारी सम्हालेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता अवस्थीले नगरपालिकामा हुने सबै निर्णय पारदर्शी ढङगबाट सुचना प्रवाह गर्ने बताएका हुन ।

नगर प्रवक्ता अवस्थीले नगरपालिकालाई पारदर्शी बनाउनका लागि नगर कार्यपालिका, सभा सहितका हुने स्थानीय सरकारका कामकाज, निर्णय योजना सबै जनतामा पत्रकार मार्फत सुचना प्रवाह गर्ने बताए । नगर प्रवक्ता अवस्थीले आगामी फागुन पहिलो साता मदन चोक क्षेत्रका २२ सटर हटाएर उनीहरुलाई अन्यन्त्रै व्यवस्थापन गरिने बताए ।











