हरिलाल जोशी/कञ्चनपुर : सहिद गोबिन्द गौतमको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाली चलचित्र काँडेतार उत्पादन कम्पनीले सहिद गोबिन्द गौतमको परिवारलाई आर्थिक सहयोग गरेको हो । सामना फिल्म प्रालिले उत्पादन गरेको चलचित्र काँडेतारका निर्देशक नवल खडकाले कञ्चनपुरको पुनर्वास नगरपालिका ४ स्थित सहिद गोबिन्द गौतमको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

काँडेतारका निर्देशक खडकाले सहिदका बाबु खेमलाल गौतमलाई नगद ५० हजार रकम सहयोग गरेका हुन । खडकाले सहिद गोबिन्दको सालिकमा माल्र्यापण गर्दै सहिदको परिवारको सम्मानका लागि केही सहयोग गरेको बताए । काँडेदार फिल्म आगामी २५ फागुनदेखि देशभरका सिनेमा हलमा प्रर्दशन हुदैछ । २६ फागुन ०७३सालमा भारतीय सुरक्षाफौजको गोली लागेर गोबिन्को मृत्यु भएको थियो । काँडेतार फिल्म भारतीय विस्तारवाद र भारतीय पक्षबाट नेपाली भूमि अतिक्र्मणदेखि हस्तक्षेपमा आधारित छ ।







