खड्क बहादुर कोली/कञ्चनपुर : सेवा निवृती राष्ट्रिय सेवक कर्मचारी संघको दाेस्राे प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशन बाट अध्यक्षमा नन्द किशोर भट्ट चयन भएका छन् । सेवा निवृति रहेका कर्मचारीहरुको हक हित, रेख देख र समस्यामा परेकाहरुको लागि समस्या निवारण गर्नको लागि स्थापना गरिएको यस संघले लामो समय देखि समस्यामा परेकाहरुको आवाज उठाउदै आएको छ ।

सेवा निवृती राष्ट्रिय सेवक कर्मचारी संघको नन्दकिशोर भट्टको अध्यक्षतामा १९ सदस्यीय कार्य समति चयन भएको छ । जसमा नर बहादुर शाही उपाध्यक्ष, बालकुमारी हमाल महिला उपाध्यक्ष, दिल्लीराज पाण्डेय उपाध्यक्ष, महा–सचिव गोपाल सिह खत्री उपमहा सचिव गम्भीर सिह विष्ट, सचिव तारा नाथ रोस्यारा कोषाध्यक्ष राजेन्द्र बहादुर सिह, सह–कोषाध्यक्ष गणेशदत्त जोशी र सदस्य जनक बहादुर चन्द, कर्ण बहादुर साउद, चन्द्र देव ओझा, नर्मदा सिह, हरिराम चौधरी, दिल्ली राज विष्ट, नारायण दत्त भट्ट, तेज राज जोशी जोशी, सुरेन्द्र राज जोशी र जगद बहादुर सिंह निर्विरोध चयन भएको केन्द्रीय सदस्य कर्ण बहादुर सिहले बताए । नन्दकिशोर भट्टको अध्यक्षतामा भएको कार्यक्रमा संयोजक केन्द्रीय उपाध्यक्ष शिद्धराज पाण्डेयको प्रमुख अतिथी रहेका थिए ।











