महिलाको अगुवाईमा जलवायू उत्थानशिल कार्यका लागि संयुक्त वकालत कार्यक्रम सञ्चालन


राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा महिलाको अगुवाईमा जलवायू उत्थानशिल कार्यका लागि संयुक्त वकालत कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको सहकार्यमा लेण्डेसा(अमेरिकन जनता) नामक संस्थाको सहयोगमा कैलाली, कञ्चनपुर बैतडी जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । बैतडीको पञ्चेश्वर गाउँपालिका, कञ्चनपुरको शुक्लाफाँटा, र कैलालीको गौरीगंगा नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको मञ्चका राष्ट्रिय संयोजक नरिराम लुहारले बताउनु भयो । आज शुक्लाफाँटामा कार्यक्रम बारे जानकारी दिनका लागि आयोजना गरिएको नगरस्तरीय परिचयात्मक कार्यक्रममा उहाँले जलवायू न्यूनिकरण संगै अनुकूलनिय क्षमता विकासका माध्यमबाट महिलाहरुको अगुवाईमा वकालतिय अभियान सञ्चालन गरिने बताउनु भयो ।

No description available.

“भूमि र महिलाको क्षेत्रमा क्रियाशिल संस्थाहरुको सञ्जाल बनाई साझा योजना बनाई कार्यान्वयनमा ल्याउछौं” उहाँले भन्नु भयो, “तीन वटा जिल्लाका तीन वटा पालिकाको भू उपयोग योजना तर्जुमा सहजीकरण गरी तीन वटा टोलमा सामुदायिक भूमि व्यवस्थापन अभ्यास मार्फत नमूना क्षेत्र निर्माण गर्छौ ।” भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोवासीको व्यवस्थापन प्रकृयामा कार्यक्रमले सहयोग पुरयाउने उहाँको भनाई रहेको छ । स्थानिय तहमा भएका राम्रा अभ्यासहरुको राष्ट्रिय, क्षेत्रीय र अन्र्तराष्ट्रिय तहमा सिकाई आदान प्रदान गरी अभियान विस्तारको वातावरण सृजना गरिने उहाँले उल्लेख गर्नु भयो । जलवायू परिवर्तन सम्बन्धी राष्ट्रिय, अन्र्तराष्ट्रिय र क्षेत्रीय तहमा सभागीता कार्यक्रमको आयोजना गरिने मञ्चका सुदूरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले बताउनु भयो । उहाँका अनुसार कार्यक्रम अन्र्तगत सञ्जाल निर्माण गरी सिकाई आदान प्रदान गर्ने,साझा योजना विस्तारका लागि बैठक, तालिम, गोष्ठी आयोजना गर्ने, विपद जोखिम न्यूनिकरण संगै महिलाको नेतृत्वमा जलवायू अनुकूलनका अभ्यास सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गर्ने, संयुक्त पूर्जा निर्माणमा योगदानका लागि मञ्चले आयोग संग समन्वय गरी स्थानिय तहमा नमूना योजना निर्माण गर्ने छ ।

No description available.

यसैगरी, समुदायको सहभागीतामा स्थनिय भू परिवेश अध्ययन बर्गिकरण, टोल तहबाट भूमिको बर्गिकरण,व्यवस्थापन, जोखिम न्यूनिकरण, उत्पादन बृद्धि, प्राकृतिक श्रोतको संरक्षण जस्ता अभ्यास गरिने छ । कार्यक्रमको कुल बजेट रु दुई करोड २४ लाख ४१ हजार पाँच सय १० रहेको छ । कुल बजेट मध्ये सञ्जाल निर्माण, क्षमता विकासका लागि रु ६० लाख ८५ हजार तीन सय,स्थानिय तह भूउपयोग योजना निर्माणका लागि रु २६ लाख,सामुदायिक भूमि व्यवस्थापन अभ्यासका लागि रु २३ लाख ४० हजार खर्च गरिने छ । परिवेश अध्ययन, अभिलेखन, प्रकासन सिकाई विस्तारका लागि रु ३२ लाख ११ हजार र कर्मचारी, सामग्री, यातायात, बैठक तथा व्यवस्थापनका लागि रु ८२ लाख पाँच हजार दुई सय १० रकम राखिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रण बहादुर महराले कार्यक्रम अन्र्तगत वडा छनौटको मापदण्ड तय गरी कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गरिनु पर्ने बताउनु भयो । उहाँले भूमि व्यवस्थापन बारे छलफल गरी कार्यक्रम तय गरिनु पर्नेमा जोड दिनु भयो । नगर उप प्रमुख कल्पना पन्तले जलवायू परिवर्तनको असर महिलाहरुले बढी व्यहोर्नु परेको उल्लेख गर्नु हुदै महिलालाई प्राथमिकतमा राखेर कार्यक्रमलाई अगाडी बढाउनु पर्ने सुझाव दिनु भयो ।

No description available.

राष्ट्रिय भूमि आयोगका जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङगानाले भूमि सम्बन्धी कार्यक्रम भएकाले यो समय सान्दर्भिक रहेको चर्चा गर्नु हुदै उहाँले लक्षित वर्ग सम्म पुग्ने गरी कार्यक्रमलाई लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागी वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जलवायू नमूना बस्तीका लागि उपयुक्त वडाको टोल छनौट गरी कार्यक्रम सञ्चालन गरिए यसको प्रभावकारीता बढनेमा जोड दिनु भयो । वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले जहाँनिया राणाशासनकाल देखि अहिले सम्म भूमिको समस्या समाधान हुन नसकेको उल्लेख गर्नु हुदै वडा वडामा भूमि नापजाँचको कार्यमा सहजीकरणका लागि गठन गरिएका समितिका पदाधिकारीलाई तालिमको व्यवस्था गरिनु पर्ने बताउनु भयो । वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले जलवायू परिवर्तनको असरले पीडित भएका महिला, दलित, जनजाती, मुक्त कमैंया, मुक्त हलिया र आरक्ष विस्थापीत परिवारलाई कार्यक्रममा समेटनु पर्ने बताउनु भयो । वडा नं ६ का वडा अध्यक्ष दान सिंह ऐरले जलवायू परिवर्तनका कारण महिला बढी प्रभावित भएकाले उनीहरुको जीविकोपार्जन हुने गरी कार्यक्रमा समेटिनु पर्नेमा जोड दिनु भयो ।

No description available.

वडा नं ५ का वडा अध्यक्ष चक्र बहादुर खडकाले जलवायू परिर्वनकै कारण रैथाने बाली लोप हुदै गएकाले जोगाउनका लागि महिलाहरुको समुह गठन गरी कार्यक्रममा समेटनु पर्ने बताउनु भयो । वडा नं ४ का वडा अध्यक्ष कमल ठकुल्लाले पुरुष वैदेशिक रोजगारीमा जाँदा महिलाहरुले घरको काम गर्नु पर्ने भएकाले उनीहरुले बढी समस्या खेप्नु परेको बताउनु भयो । वडा नं १२ का वडा अध्यक्ष नवल सिंह रानाले जलवायू परिवर्तनको असरले चुरे क्षेत्रको तल्लो तटीय क्षेत्रका बासिन्दाले बाढीको जोखिम खेप्नु परेको बताउनु भयो । वडा नं ७ का वडा अध्यक्ष प्रताप सिह धामीले जंगली जनावर नियन्त्रणका लागि भरपर्दो सुरक्षाको प्रवन्ध गरिनु पर्ने बताउनु भयो । यसैगरी वडा नं २ का वडा अध्यक्ष भोंदुराम डगौराले पिछडीएका जनजातीलाई समेटेर कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले जलवायू परिवर्तनका कारण मानव जिवन संकटमा परेको चर्चा गर्नु हुदै यसको असरबाट जोगिनका लागि प्रकृति संरक्षणमा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष कर्ण बहादुर बाँनियाले कार्यक्रमलाई उदाहरणीय रुपमा अगाडी बढाईने बताउनु भयो । कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोगको खाँचो रहेको उल्लेख गर्नु हुदै उहाँले टोल छनौट गरी सरोकारवालाहरुको सल्लाह सुझावका आधारमा अगाडी बढाईने बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img