शुक्लाफाँटाको पर्यटकीय क्षेत्र भल्कामा माघी मिलन कार्यक्रम


झलारी : शुक्लाफाँटा नगरपालिका ८ स्थीत पर्यटकीय क्षेत्र भल्कामा आइतवार एक दिने माघ मिलन कार्यक्रम सम्पन्न भएको छ । वरघर पल्टाराम चौधरीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथिमा नगर उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । कार्यक्रमा बोल्दै नगर प्रमुख महराले थारु समुदाय संस्कृतिमा समृद्ध रहेको चर्चा गर्नु हुदै माघ मिलन लगायतका कार्यक्रमले संस्कृति जोगाउनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

No description available.

संस्कृति संरक्षण संगै दर्शनिय पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले योजना सञ्चालन गर्न लागेको चर्चा गर्नु हुदै भल्का क्षेत्रको विकासका लागि थोरै भएपनि बजेटको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । यो,त्यो भन्ने परिपाटीको अन्त्य गरि नगर विकासमा सबैको हातेमालो हुनु पर्ने उहाँले उल्लेख गर्नुृ भयो । नगर उप प्रमुख पन्तले थारु समुदायले परम्परागत गहना, पहिरन र मौलिक परिकार संरक्षण गरी पहिचानलाई जिवन्त राखेको बताउनु भयो । उहाँले संस्कारलाई जिवन्त राख्न सके मात्रै पहिचान जोगिने भएकाले त्यो कार्यका लागि थारु अगुवाहरुले गरेको प्रयासको प्रशंसा गर्नु भयो । युवा पिढीहरु कुलतमा फस्न थालेकाले जोगाउनका लागि गाउँ समाजका अगुवाहरुले अगाडी सर्नु पर्नेमा उहाँको जोड थियो । वडा अध्यक्ष बहादुर सिह महराले थारु समुदायको संस्कृति संरक्षणका लागि प्रत्ये वर्ष वरघरको संयोजकत्वमा रहेको समितिलाई बजेटको व्यवस्था गरी माघ मिलन लगायतका कार्यक्रम सञ्चालन हुदै आएको बताउनु भयो ।

No description available.

उहाँले थारु समुदायको रहनसहन, संस्कृतिलाई जिवन्त राख्नका लागि थारु संग्रहालय निर्माण गरीएको कुरामा जोड दिनु हुदै घरवास सञ्चालनका लागि प्रयासरत रहेको बताउनु भयो । कार्यक्रमको अगुवाई थारु बुद्धिजिवि भागीराम चौधरीले गर्नु भएको थियो । कार्यक्रममा परम्परागत बाजा,संगै बाद्यवाधन, पुराना गीत, नृत्यहरु टोल अनुसार प्रर्दशन गरिएका थिए । पाहुनाहरुलाई परम्परागत थारु पकिार खानका लागि दिईएको थियो । कार्यक्रममा संस्कृति संरक्षणमा योगदान पुरयाउने पत्रकार राजेन्द्रप्रसाद पनेरु, थारु कलाकार लगायतलाई सम्मानित गरिएको थियो । कार्यक्रमा थारु अगुवा, सामुदायिक वनका पदाधिकारी, संघ संस्थाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, थारु सम्बद्ध कलाकार लगायतको सहभागीता रहेको थियो । भल्कामा प्रत्ये वर्ष माघीका बेला लोक सांस्कृति कार्यक्रमको आयोजना हुने गरेको छ ।

No description available.


Loading Viewer...

ताजा समाचार

spot_img