कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा जारी नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आयोजना भएको सातौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जीवन ज्योति माध्यमिक विद्यालय ले चुमेको छ । ४२ खेल भएको प्रतीयोगीतामा सबैभन्दा बढी २४ पदक जितेर जिबन ज्योती माबिले प्रतियोगीताको उपाधी हात परेको हो । सबैभन्दा धेरै १२ स्वर्ण पदक जित्न सफल जिबन ज्योती माबिले २ रजत र १० कास्य पदकमा समेत आफ्नो नाम लेखाउन सफल भएको हो । यस उपाधि संगै उक्त बिदधालयले चौथो पटक उपाधि हात पारेको हो। यस्तै २४ पदक नै जितेको पुनर्वास जनता माविले ९ स्वर्ण, ५ रजत र १० कास्य पदक जित्दै प्रतियोगीतामा दोस्रो बन्न सफल भएको छ ।यस्तै ५ स्वर्ण पदक सहित सरस्वती माबिले तेस्रो स्थान जित्न सफल भयो ।

सरस्वती माबिले ३ रजत र ५ कास्य सहित १३ पदकमा जित निकालेको छ । यता राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता आयोजना भएको बागीश्वरी माध्यामीक बिद्यालयले भने ११ पदकमा चित्त बुझाउनुपर्यो । बागीश्वरी माविले ४ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको छ । ११ पदक नै जितेको राष्ट्रिय माबि अमरबस्तीले भने ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेको छ । दुर्गा माबिले २ स्वर्ण, ४ रजत र १ कास्य सहित ७ पदक जित्न सफल भएको छ । यस्तै गौरी शंकर माबि, जनकल्याण मावि, दुर्गा सेकेण्डरी इङलिस स्कुल, राष्ट्रिय माबि बिचफाँटा, विजय माबि, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल, ओरेण्ट इङलिस बोर्डीङ स्कुल र युगज्योती एकडेमीले एक–एक स्वर्ण पदक जितेका छन् ।सबैभन्दा बढी ६ रजत पदकमा गौरी शंकर माबिले जित निकालेको छ भने २ कास्य पदक जितेको छ । यता जनकल्याण माविले २ रजत र २ कास्य जित्दा, दुर्गा सेकेण्डरी इङलिस स्कुलले २ रजत पदक मात्रै जितेको छ ।

राष्ट्रिय माबि बिचफाँटा, विजय माबि, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल र ओरेण्ट इङलिस बोर्डीङ स्कुलले एक–एक रजत पदक जितेका छन् । यस्तै राष्ट्रिय माबि बिचफाँटा ३ कास्य पदक, विजय माबि २ कास्य पदक, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल, ओरेण्ट इङलिस बोर्डीङ स्कुल र युगज्योती एकडेमीले समान एक–एक कास्य पदक जित्न सफल भएका छन् । पुनर्वास नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीतामा नगर भित्रका सामुदायीक र संस्थागत गरी २५ विद्यालय सहभागी भएका थिए । जसमध्ये ११ विद्यालयले स्वर्ण पदक जित्न सकेनन् भने ४ बिद्यालय पदक बिहिन बने । प्रतियोगीतामा शान्ति माविले ३ रजत र १ कास्य गरी ४ पदक मात्रै जित्यो । यता एस.पि.एल. एकडेमीले २ रजत र १ कास्य जित्यो भने रामबुद्ध माबि र खप्तड बोर्डीङ स्कुलले समान एक–एक रजत पदक जित्न सफल भएका छन् । बालरुपान्तर बोर्डीङ स्कुल, सिद्धार्थ पब्लीक स्कुल र नबयुग बिद्या निकेतनले समान एक–एक कास्य पदक जितेका छन् । नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता समापन समारोहमा बिशिष्ट अतिथीको आसनबाट बोल्दै निबर्तमान नगरप्रमुख जीबनराज थापाले प्रतीयोगीताको समयमा मात्र नभइ अन्य समयमा पनी विद्यार्थीहरुलाई खेल खेलाउन आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समय युवा विद्यार्थीहरु लागु औषध दुब्यवसनीमा बढ्दै गएको बताउदै खेलकुद मार्फत उनिहरुलाई जोगाउन सकिने उहाँले बताउनुभयो । यसैगरी समाजसेवी भरत बिष्टले खेलाडी रास्ट्रको सम्पत्ति हो,खेलकुद क्षेत्रको बिकासमा सबैजना मिलेर लाग्नु पर्ने बताए । उनले भने खेलकुदको माध्यमबाट राष्ट्रको नाम विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु पर्ने जिकिर गरे। बिदधालय प्रधानाध्यापक हरूको प्रतिनिधित्व गर्दै जन कल्याण मा वि का प्रधानाध्यापक राम नारायण कडेल ले बिधालय समग्र खेलाडी उत्पादन को थलो भएता पनि खेलकुदका लागि बजेट अभावका कारण बिधालयहरूबाट खेलकुद क्षेत्र उपेक्षित भएको दुखेसो पोखे। उनले आगामी दिनहरूमा नगरपालिकाले खोलाडी उत्पादनका लागि रकम छुट्याउन आग्रह गरेका छन्। कार्यक्रमको समापनका क्रममा बोल्दै पुनर्वास नगरपालिका वडा नं ६ का वडाध्यक्ष मित्र सिंह लामाले नगर खेलकुद समितिलाई सौहार्द वातावरणमा प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै पदक विजेता र सहभागी सबैलाई आगामी खेल यात्राको शुभकामना प्रदान गरेका थिए।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि को रूपमा रहनुभएका पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो । उहाँले युवाहरूलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । उहाँले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई नगरले पुरस्कृत गर्ने जानकारी दिनु भयो । पुनर्वास नगर खेलकुद बिकास समिति अध्यक्ष तथा कार्यक्रमका सभापति बल बहादुर तामाङले स्वास्थ्यको लागि मात्र खेल नभई समग्र विकासका निम्ति पनि खेल खेल्नुपर्ने बताउँदै खेललाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न अहोरात्र खट्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। पुनर्वास नगरपालिका वडा नं–८ स्थित बागेश्वरी माविको खेलमैदानमा सञ्चालित उक्त कार्यक्रममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरू, जिल्ला खेलकुद समितिका पदाधिकारी, नगर खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरू, खेल प्रेमी, विद्यालयहरूका शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको समेत उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुनर्वासका सामुदायिक तथा संस्थागत गरी २५ वटा विद्यालयले सहभागिता जनाएको सदस्य सचिव दिल्ली शर्माले जनाएको छ ।






