दोधारा चाँदनी– १० मा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम


दोधारा । दोधारा चाँदनीमा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयको आयोजना र उद्योग बाणिज्य संघ तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिका– १० मा ८ दिने उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

वडाका ३५ जना महिलाहरुको सहभागितामा संचालन गरिएको तालिमको उद्धघाटन सत्रमा वडा अध्यक्ष चन्द्र बहादुर सिंह सहित वडा सदस्य महाविर रोकाया, बब्ली सुनार, धन बहादुर थापा, पिंकी रावत, दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्ट लगाएत तालिमका सहभागीको उपस्थिती रहेको थियो । उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिमको वडाध्यक्ष चन्द्र बहादु सिंहले उद्धघाटन गरेका थिए ।

तालिममा वडा रहेका सबै टोलबाट महिलाहरुलाई छनौट गरि तालिममा सहभागी गराईएको दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्ट बताएका छन् । सिप सिकौं, आत्मनिर्भर बनौं नारा सहित संचालन गरिएको तालिममा आत्मनिर्भर बनाउन उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्ट बताएका छन् ।

विभिन्न लद्यु उद्यम विकासमा नयाँ लद्यु उद्यमी सृजना गर्न तालिम संचालन गरिएको बताईएको छ् ।


ताजा समाचार

spot_img