दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती आसपास जंगली हात्तीको आतंक, स्थानियहरुमा त्रासद्धि


दोधारा । अठार नम्वर पिल्लर बस्ती आसपासका बस्तीहरुमा जंगली हात्तीको आतंक बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को नेपाल–भारत सिमा नजिक रहेको अठार नम्वर पिल्लर बस्ती आसपासमा रहेको सिमा बस्तीहरुमा केही दिन देखि जंगली हात्तीको आतंक बढेर गएको स्थानियहरुले बताएका छन् । झण्डै ५ दिन देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको जंगली हात्तीले स्थानियहरुको उखुवाली नष्ट गर्नुको साथै गोठ भत्काएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

अठार नम्वर पिल्लर बस्ती निवासी दिल बहादुर रानाको झण्डै ३ कट्टा जग्गामा रहेको उखुवाली हात्तीले नष्ट गरेको छ् । यस्तै गएराती सोही वडाको प्रतिभाटोल निवासी नरेन्द्र बहादुर बुढाको घर संग नजिक रहेको गोठलाई मध्यरातमा आएको जंगली हात्तीले भत्काएको वडाध्यक्ष सिंहले बताएका छन् । जंगली हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पस्ने हात्ती आफ्नो आहाराको खोजीमा बस्ती–बस्तीमा आउने गरेको स्थानियहरुले बताएका छन् ।

स्थानियबासी दिल बहादुर रानाका अनुसार २ वटा हात्तीले सिमा क्षेत्र नजिक रहेको भारतिय नागरिकको घरमा समेत जंगली हात्तीले क्षती गर्दै आएको छ् । मध्यरातमा जंगली हात्तीले आतंक मच्चाउन थाले संग स्थानियहरुमा त्रास छाएको छ् ।


ताजा समाचार

spot_img