कञ्चनपुर : शिव धाम क्षेत्र विकास समिति महेन्द्रनगरको २६औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भएको २६ औं वार्षिक साधारण सभामा पुनः हेमविक्रम थापा निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले ‘धर्मका नाममा राजनिती नगरी पवित्र मनले धार्मिक क्षेत्रको विकास गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।’ सभापति हेम विक्रम थापाले ‘आज हिन्दुधर्म माथि चौतर्फी आक्रमण भइ रहेकोले सबै हिन्दुहरु एकजुट तथा जागरुक भएर धर्मको रक्षा एवं संरक्षण मा लाग्नु पर्ने बेला आइसकेको बताए । आफु यस समितिको अध्यक्ष भएर आएपछि यस क्षेत्रको विकासमा रातदिन खटेर अघी बढीरहेको थापाले बताए साथै आगामी दिनहरुमा समेत अहोराध लागीरहने बताए । उनले भने यसमा सबैंको साथ र सहयोग चाहिन्छ सबैले थोरै समय भएपनि धर्मका लागी छुट्टयाउनु पर्छ आउनुहोस सबै मिलेर यसक्षेत्रको विकासका लागी अगाडी बढौं काम गर्नेलाई काम गर्न दिनुहोस् धर्मका नाममा राजनीति नगरौं’ साथै समितिका महासचिव डम्मर दत्त शर्माको योगदानको प्रसंसा पनि गरे । उक्त कार्यक्रममा यसक्षेत्रको समग्र विकासमा योगदान पु¥याउने बरीष्ठ पत्रकार कर्णदेव भट्टलाई कदर पत्र सहीत सम्मान गरेको थियो ।
शुक्रबार भएको अधिवेशनबाट हेम विक्रम थापा निविरोध निवाचित भई ११ सदस्यी कार्य समिति गठन भएको छ । शुक्रबार गठन भएको समितिमा वरिष्ठ उपाध्यक्ष लोक बहादुर ठकुराठी, उपाध्यक्ष ध्रुवराज भट्ट, महा–सचिव लोक विक्रम थापा, सचिव हरिलाल जोशी, कोषाध्यक्ष भीमराज विष्ट, सदस्यहरुमा तुलसी प्रसाद पण्डित, तेज बहादुर चन्द, जय बहादुर चन्द विवेक राज जोशी र गीता अवस्थी रहेका छन् ।
समितिका अध्यक्ष हेमविक्रम थापाका अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी रहेका थिए साथै अतिथीहरुमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पिताम्बर जोशी, निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष निराञ्जन प्रसाद भट्ट, नेपाल परीवार नियोजन संघ कञ्चनपुरका अध्यक्ष कृष्णराज पाठक, कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषिराम खरेल, पूर्वअध्यक्ष लोक विक्रम थापा, वनपैदावार तथा काष्ठ संघ कञ्चनपुका अध्यक्ष गजेन्द्र विक्रम थापा लगायत धर्मप्रेमी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेका थिए । कार्यक्रम सञ्चालन समितिका आजिवन सदस्य राजेन्द्र जोशीले गर्नु भएको थियो ।