कृष्णपुरको सयपत्री अत्तरियामा, प्रतिमाला सय देखि डेढ सय

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका – ३ का कबिन्द्र बमले उत्पादन गरेको सयपत्री फूलको माला अत्तरिया बजारमा पुुगेको छ । ७ कठ्ठा जग्गामा सयपत्री फुलको खेती गरेका कबिन्द्रले सबै उत्पादन अत्तरिया बजारबाट विक्री गर्ने योजना बनाएका छन ।बजारीकरणमा सघाइरहेको उनका दाई दिपेन्द्र बमले अत्तरियाको फुटपाथमा फुल राखेर विक्री गरिहेका छन ।

भूइमै फूल बिक्री गरिरहेको उनको पसलमा हतपत ग्राहकलाई पसल भेट्न मुस्कल भएपनि उनकोमा ग्रहकहरु फुल खोज्दै पुग्ने गरेका छन । दिपेन्द्रले अत्तरियामा फूलको माला विक्री गर्ने निकै कम व्यवसायी भएकाले ग्राहक खोज्दै आइरहेको बताए । उनले सयपत्री मालाको मुख्य भने हेरीहेरी १ सय देखि १५० रहेको बताए । पहिलो पटक फूल खेती गरेका बम दाजुभाइले १५ क्युन्टेलको हाराहारीमा उत्पादन हुने अनुमान गरेका छन । सबै फूल तिहारमै बिक्री हुने नहुनेमा भने उनी चिन्तित छन ।

ताजा समाचार