कसरी पुग्ने अपी हिमाल ?


कञ्चनपुर : साइकलयात्री भरत विक्रम शाह (फारवेष्टर्न राइडर) ले अपी हिमाल भ्रमणको भिडियो सार्वजनिक गरेका छन् । साइलयत्री शाहले आफ्नै युट्युब च्यानल फारवेष्टर्न राइडर बाट उक्त भिडियो सार्वजनिक गरेका हुन्। शाहले सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमाल कसरी जान सकिन्छ तथा अपिको सुन्दरता झल्काउने लगभग १ घण्टा ४३ मिनेटको भिडियो युट्युबमा सार्वजनिक गरेको बताएका छन्।

शाहले उक्त भिडियो निर्माणमा फारवेष्टर्न राइडरका अरु सदस्यहरूको पनि निकै योगदान रहेको बताएका छन्। गोकुलेश्वर, मकरीगाड हुँदै २ दिनको पैदल यात्रापछि पुगिने अपि हिमालको काखले छुट्टै आनन्द महशुस भएको शाहले सुदूरपश्चिम खबरलाई जानकारी दिएका छन्। शाहले यसै मनोरञ्जनात्मक यात्रालाई भिडियो मार्फत देखाउन खोजेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img