दोधारा चाँदनीमा नगर स्तरिय फुटवल प्रतियोगिता संचालन, प्रतियोगितामा ८ टिम सहभागी


दोधारा । दोधारा चाँदनी नगरपालिकामा वडा दशैको उपलक्ष्यमा नगर स्तरिय फुटवल प्रतियोगिता संचालन भएको छ् । कमलशा फुटवल क्लवको आयोजनामा आज देखि दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको लक्ष्मी माबिको प्रांगणमा नगर स्तरिय नकआउट फुटवल प्रतियोगिता संचालन गरिएको हो । आयोजक संस्था कमलशा फुटवल क्लवका संयोजक टिकेन्द्र रावतले जानकारी दिएका छन् । प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका क्षेत्रका आठ टिम सहभागिता रहेको छ् । प्रतियोगितामा ।

कमलशा फुटवल क्लव, कमलशा युथ क्लव, शिवनर स्र्पोट क्लव, युवा नेपाल, कमलशा फुटवल क्लव जुनियर, । कमलशा फुटवल क्लव कञ्चनभोज, महाकाली स्र्पोट क्लव र न्यु एकता स्र्पोट क्लव प्रतियोगितामा सहभागी रहेको संयोजक टिकेन्द्र रावतले बताएका छन् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतरुपमा प्रतियोगिताको उद्धघाटन गरेका थिए ।

प्रतियोगिताको उद्धघाटन खेल कमलशा फुटवल क्लव र कमलशा युथ क्लवको बिच भएको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा फुटवल खेल्ने र हेर्नेहरुको क्रेज बढ्दो छ् । प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन आयोजक संस्था कमलशा फुटवल क्लवले सबैलाई अनुरोध गरेको छ ।


ताजा समाचार

spot_img