दोधारा चाँदनीका ११ बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण


दोधारा । दोधारा चाँदनी नगरपालिकाका ११ सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला, स्टेशनरी तथा हाईजेनिक किट बितरण गरिएको छ् । बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपालको आयोजना र चाईना फाउण्डेशनको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका ११ आधारभुत बिद्यालयका ६ हजार ७ सय बिद्यार्थीलाई झोला, स्टेशनरी तथा हाईजेनिक किट बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका– १ मा रहेको पुर्णागिरी आधारभुत बिद्यालय, वडा नं. २ कालिका आधारभुत बिद्यालय, वडा नं. ३ जमुना आधारभुत बिद्यालय, गणेश आधारभुत बिद्यालय, वडा नं. ४ मालिका आधारभुत बिद्यालय, वडा नं. ६ कमलशा आधारभुत बिद्यालय, वडा नं. ७ राष्ट्रिय आधारभुत बिद्यालय, वडा नं. ८ भैरव आधारभुत बिद्यालय, वडा नं. ९ नवयुग आधारभुत बिद्यालय, वडा नं. १० हरिओंम आधाभुत बिद्यालयका ६ हजार ७ सय बिद्यार्थीलाई झोला, स्टेशनरी तथा हाईजेनिक किट बितरण गरिएको बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपालका उपाध्यक्ष पशुपती थापाले बताएका छन् ।

तिन दिन देखि दोधारा चाँदनी नगरपालिकाका सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई झोला, स्टेशनरी तथा हाईजेनिक किट बितरण गर्दै आएको बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपालले आज दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा रहेको गणेश आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई उक्त सामग्री बितरण गरि कार्यक्रम सम्पन्न गरेको छ् । सामापन कार्यक्रममा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपालका उपाध्यक्ष पशुपती थापा, दोधारा चाँदनी नगरपालिका– ३ का पुर्व वडाध्यक्ष पुष्कर दत्त जोशी, दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्री, बिद्यालयका शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपालले नगर क्षेत्रको शैक्षिक बिकासमा सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् । आगामी दिनहरुमा संस्थाले शैक्षिक बिकासमा सघाउ पुग्ने कार्यक्रम संचालन गर्नेमा आफु ढुक्क भएको उपमेयर जोशीले बताएका छन् ।

बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपालले बितरण गरेको शैक्षिक सामग्री पाएपछि अभिभावक खुशी भएका छन् ।


ताजा समाचार

spot_img