
दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा हात्तीबाट बच्न साईरन र सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा हात्तीबाट बच्न निड्स नेपालले १ थान साईरन र ६ थान सर्चलाईट बितरण गरिएको निड्स नेपाल कञ्चनपुरका भावना जोशीले जनाएका छन् । बडुवाल टोलमा एक कार्यक्रमको बिच आज उक्त सामग्री सामुदायिक बिपद् ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बताईएको छ् ।


हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडी, वडा सदस्य, गणेश आधारभुत बिद्यालय बयवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर ओली, निड्स नेपालका ईश्वर उपाध्याय, भावना जोशी, अमर जाग्री लगाएत बिपद् ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपीसथती रहेको थियो ।

भारतिय जंगलबाट बस्ती भित्रिने जंगली हात्तीको बथानले स्थानियहरुको अन्नवाली नष्ट गर्नुको साथै घर भत्काईदिदै आएपछि स्थानियहरु त्रासित बन्दै गएका छन् ।







