
दोधारा । सशस्त्र प्रहरी गुल्म देबिस्थानलाई दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा रहेको सशस्त्र प्रहरी नेपाल सिमा सुरक्षा गुल्म देबीस्थानको मुलगेट निमार्णमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले सहयोग गरेको छन् । चालु आर्थिक वर्षको उपमेयरको कार्यक्रम अनुसार बजेट बिनियोजन गरि सशस्त्र प्रहरीको मुलगेट निमार्ण कार्य सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।


सशस्त्र प्रहरी नेपाल सिमा सुरक्षा गुल्म देबीस्थानको मुलगेट निमार्णमा रु. १ लाख ५० हजार रकम बिनियोजन गरिएको बताईएको छ् । सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई सशक्त बनाउने उद्धेश्यले सहयोग गरिएको बताईएको छ् । यस अघि उपमेयर जोशीले सशस्त्र प्रहरी नेपाल सिमा सुरक्षा गुल्म देबीस्थानमा बिश्राम गृह र महिला शौचालय निमार्णमा सहयोग गरेका थिए ।

मुलगेट निमार्ण कार्य पुरा भए संगै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, वडा नं. ७ का वडा सदस्य कमला उपाध्यायले निमार्ण गरिएको मुलगेटको अनुगमन गरेका छन् ।







