वडाध्यक्ष खत्रीले थालेको ‘कमला बचाउ अभियान’ मा संकलित ४० हजार रकम हस्तान्तरण


दोधारा । वडाध्यक्ष केशव खत्रीको संचालन गरेको ‘कमला बचाउ अभियान’ मा संकलित रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारी निवासी कमला साँउदको उपचारको लागी दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्षले संचालन गरेको ‘कमला बचाउ अभियान’ मा देश, बिदेशबाट संकलित रकम रु. ४० हजार हस्तान्तरण गरिएको छ् । कमला साँउद मुटू रोगबाट केही वर्ष देखि ग्रसित छन् । आर्थिक अवस्था दैनिय रहेका कमलाको उपचारको लागी केही दिन अघि देखि वडाध्यक्ष खत्री आफैले रु. ५ हजार उपचार खर्च दिएर अभियानको थालिनी गरेका थिए ।

मुटुको समस्या भएका कमला साँउदलाई नाक र मुखबाट रगत देखा पर्न थाले संगै उनको अवस्था गम्भिर हुदै गएको हो । रकम नभएको कारण उपचार गर्न नसकेर घरमा बस्दै आएका थिए । पिडामा रहेका कमलाको उपचारको लागी वडाध्यक्ष खत्रीले देश, बिदेशमा रहेका नेपालीहरुलाई उपचार खर्च आह्वान गरेका थिए ।

रोगले थलिएका तथा आर्थिक अवस्था कमजोर भएका कमलाको उपचारको लागी संकलित रकम दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले कमलाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । वडाध्यक्षले गरिब तथा बिपन्नहरुलाई गर्दै आएको सहयोग प्रति स्थानियहरुले उच्च प्रशंसा गर्दै आएका छन् ।


ताजा समाचार

spot_img