दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटीले दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्ती बाढीको उच्च जोखिममा रहेको हुदा बस्ती बिस्तापित हुनबाट जोगाउन सरकारको दायित्व रहेको बताएका छन् । नेपाल–भारत संग जोडिएको कुतियाकवर बस्तीमा बाढीले जुनसुकै बेला पनि बिस्तापित गर्ने संघारमा रहेको बताउदै बस्ती बिस्तापित भए भारतिय पक्षले भुमी अतिक्रमण गर्ने सम्भावना बढी रहेको बताएका छन् । मातृभुमी जोगाउनको लागी पनि कुतियाकवर बस्तीलाई सुक्षित बनाउन आवश्यक रहेको बुर्लाकोटीले बताएका छन् । उनले कुतियाकवर बस्ती कटानी र सिमा क्षेत्रको स्थलगत अनुगमन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगर संयोजक पुरन कुमालले बताएका छन् ।


‘बस्तीलाई जोगाउन हामी सबैको दायित्व हो । बस्ती बिस्तापित भए हाम्रो भुमि अतिक्रमण हुन्छ्’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटीले भने । कुतियाकवर बस्तीमा बाढी र सिमाको समस्या र बडुवाल टोल बस्तीमा जंगली हात्तीको समस्याको बिषयमा पार्टी पंक्तीमा प्रमुखताका साथ कुरा भईरहेको बताउदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटीले बस्तीको समस्या समाधानको लागी पार्टी पंक्तीले पहल गर्दै आएको बताएका छन् । स्थानियहरु संग बस्तीको अवस्थाको बारेमा जानकारी लिदै आफुले बस्तीको बारेमा संचारमाध्यमबाट थाहा पाएको बताउदै जनताले पाउदै आएको पिडा आफुले प्रत्यक्ष स्थलगत गर्ने मन भएर बस्तीमा पुगेको उनले बताएका छन् ।

कुतियाकवरको अवस्था बुझ्न आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटीको टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगर संयोजक पुरन कुमाल, रास्वपा दोधारा चाँदनी नगरपालिका– ७ का वडा संयोजक दिल बहादुर सुनार लगाएत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

हिजो उनिहरुले दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल बस्तीमा पुगेर जंगली हात्तीले स्थानियहरुमा दिदै आएको पिडाको बारेमा जानकारी लिएका थिए ।






