रास्वपाका केन्द्रिय नेता बुर्लाकोटी बडुवाल टोलमा, केही दिनमै तोसिमा पनि आउने


दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटी लगाएत टोली दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटी संग रास्वपाका शुदुरपश्चिम प्रदेश ईन्चार्ज ज्ञानेन्द्र महता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमाल, वडा संयोजक दिल बहादुर सुनार लगाएतको टोली बडुवाल टोल पुगेका छन् । बस्तीमा बिगत लामो समय देखि जंगली हात्तीको कारण पिडादायिक दैनिकी ब्यवहोर्दै आएका स्थानियहरुको पिडा बुझ्न स्थलगत अनुमगन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमाले जनाएका छन् ।

स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले बस्तीको पिडालाई बारम्बार स्थानियहरुले अनुरोध गर्दै आएपनि तिनै तहका सरकार मौन बसेको हुदा केही दिन अघि स्थानियहरुले हात्तीको आतंक रोक्न गणेश भगवानको पुजा गरेका छन् । सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटी लगाएत टोली जंगली हात्तीले गर्दै आएको क्षतीको स्थालगत अनुगमन संगै स्थानियबासीहरु संग जानकारी लिएका छन् । स्थानियहरुले किसानहरुको अन्नवाली खाएर, उद्यनेर नष्ट गर्नुको साथै बस्तीमा मान्विय क्षती हुने सम्भावना बढ्दै जादा समेत स्थानिय सरकार, प्रदेश सरकार संघिय सरकारले चाँसो नदिएको टोलीलाई बताएका छन् । ‘मानविय क्षती हुने सम्भावना बढ्दै गएको बेला सरकारले सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन्’ टोलीलाई स्थानियहरुले भने– ‘बिगत लामो समय देखि बस्तीमा जंगली हात्तीले मानविय क्षती संग धनमालको क्षती गर्दा समेत अझै सम्म बस्तीमा समस्या ज्युँको त्युँ छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटीले पार्टीमा बस्तीमा हात्तीले गर्दै आएको आतंकको रिर्पोटिङ्ग भईरहेको बताउदै पार्टीले २१ औं सताब्दीमा समेत बस्तीमा सुरक्षाको ग्यारेन्टी दिन नसक्नु दुखद भएको बताएका छन् । हात्तीको आतंकलाई रोक्न सरकारले कुनै पनि कार्य नगरेको स्थानियहरुको भनाई रहेको छ् । हात्तीबाट बच्न स्थानियहरु रातीको समयमा जाग्रम बस्ने गरेका छन् ।

बस्तीमा हात्तीको आतंक छाएपछि जनप्रतिनिधी तथा गैरसरकारी संस्था पुग्ने गरेपनि समस्या हलको लागी कुनै प्रकारको कार्य नभएको बताईएको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले दोधारा चाँदनी नगर क्षेत्रमा रहेको कुतियावकर बस्तीमा बाढीको समस्या र बडुवाल टोलमा जंगली हात्तीको समस्यालाई पार्टी पंक्तीले गम्भिरताका लिएको बताउदै केही दिन भित्र बडुवाल टोलको अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तोसिमा कार्की पुग्ने कार्यक्रम रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा पार्टी संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकोटी लगाएत टोली कञ्चनपुरको बिभिन्न दुगृम बस्तीमा पुगेका हुन् ।

 


ताजा समाचार

spot_img