नमस्ते शुक्लाफाँटाले दोधारा चाँदनी देखि नेपालगञ्ज हाईस सेवा सुरु


दोधारा । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले दोधारा चाँदनी– नेपालगञ्ज हाईस सेवा सुरु गरेको छ् । सर्वसाधारणको माँग अनुसार नमस्ते शुक्लाफाँटा यातायात प्रालिले दोधारा चाँदनी– नेपालगञ्ज हाईस सेवा सुरु गरेको नमस्ते शुक्लाफाँटा यातायात प्रालिले जनाएको छ् । आज दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको कमलशा बाबा मन्दिर अगाडी एक कार्यक्रमको बिच दोधारा चाँदनी– नेपालगञ्ज हाईस सेवाको समउद्धघाटन गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतपुर्वक दोधारा चाँदनी– नेपालगञ्ज हाईस सेवाको समउद्धघाटन गरेका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय, संदिप उपाध्याय, कमलशा बजार ब्यवस्थापन समितिका पदाधिकारी, कमलशा बाबा मन्दिर संरक्षण समिति दोधारा चाँदनीका संयोजक केशव प्रसाद बराल, नमस्ते शुक्लाफाँटा यातायात प्रालिका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

दैनिक बिहान ७ बजे देखि दोधारा चाँदनी नगरपालिका– १० कुतियावकरबाट नेपालगञ्ज सम्म नियमित हाइस सेवा संचालन हुने बताईएको छ् ।


ताजा समाचार

spot_img