हात्ती आतंक रोक्न बडुवाल टोलमा गणेश पूजा, जंगली हात्ती नियन्त्रणमा सरकारको मौनता


दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीको जोखिम बढ्दै गएपछि स्थानियहरुले गणेश भगवानको पुजा गरेका छन् । बिगत लामो समय देखि बस्तीमा भारतिय जंगलबाट भित्रिदै आएको हात्तीको हुलले स्थानियहरुको अन्नवाली खाएर उद्यनेर, मानविय क्षती गर्दै आएपनि सरकार पक्ष मौन बसेपछि स्थानियहरुले बस्तीमा गणेश भगवानको पुजा गरेका छन् । स्थानियहरुले रकम संकलन गरि भब्यताको साथ बस्तीमा गणेश भगवानको पुजा गरि बस्तीलाई सुरक्षित बनाईदिन भगवान गणेश संग प्राथना गरेका छन् । यस वर्ष केही महिना देखि बस्तीमा स्थानियहरुलाई हात्तीले आक्रमण गर्न आउने, किसानहरुले लगाएका अन्नवाली नष्ट गरिदिने, घरहरु भत्काईदिन गर्न थाले संगै मानविय क्षतीको त्रासमा स्थानियहरु बस्दै आएका थिए ।

बस्तीलाई सुरक्षित बनाउन स्थानिय सरकार देखि प्रदेश र संघिय सरकारलाई स्थानियहरुले अनुरोध गर्दै आएपनि तिनै तहका सरकारले हात्तीको समस्या हल गर्न खासै चाँसो नदेखाएको उनिहरुको गुनासो छ् । हात्तीको आतंकलाई रोक्न सरकारले कुनै पनि कार्य नगरेको स्थानियहरुको भनाई रहेको छ् । बस्तीमा हात्तीको आतंक छाएपछि जनप्रतिनिधी तथा गैरसरकारी संस्था पुग्ने गरेपनि समस्या हलको लागी कुनै प्रकारको कार्य नभएको बताईएको छ् । हात्तीको आतंक बस्तीमा दिनदिनै बढ्दै गएपछि स्थानियहरुले रकम संकलन गरि आज गणेश भगवानको पुजा अर्चना गरिएको स्थानियबासी महाविर क्षेत्रबीले बताएका छन् ।

उल्लेखनिय स्थानियहरुको सहभागितामा गरिएको गणेश भगवानको पुजामा बस्तीमा शान्तीको कामना गरिएको छ् । ‘बस्तीमा बिद्युतिय तारवारको ब्यवस्थाको लागी जनप्रतिनिधीहरुलाई भन्दै आएका छौं, तर हाम्रो समस्या हल गर्न कसैले चाँसो देखानन्’ स्थानियबासी महाविर क्षेत्रीले भने– ‘केही सिप नलागेपछि सबैको सल्लाह पछि गणेश भगवानको पुजा गरेका हौ ।’

गणेश पुजन कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, राप्रपाका युवा नेता तमान सिंह गुरुङ्ग, महिला अधिकारकर्मी मथुरा पन्त, धनसरा चन्द तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । दिन भरि जंगलमा बस्ने जंगली हात्तीले समसाँझ पर्ना साथ मानव बस्तीमा पसेर बाली खाएर र कुल्चेर क्षति पुर्‍याउने गरेका छन् ।

 


ताजा समाचार

spot_img