प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह स्थलको भारतीय राजदूतद्वारा अवलोकन


दोधारा । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह स्थलको अवलोकन गर्नुभएको छ् । भारत सरकारको आर्थिक सहयोगमा भारतलेनै निर्माण गर्ने भनिएको दोधारा चाँदनी सुक्खा बन्दरगाह स्थलको सोमबार राजदूत श्रीवास्तवले स्थलगत अवलोकन गर्नुभएको हो । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य रमेश लेखक सहितका जनप्रतिनिधि लगाएतको उपस्थितिमा राजदूत श्रीवास्तवले अवलोकन गर्दै निर्धारित समयमै सुक्खा बन्दरगाहका लागि आवश्यक संरचना निर्माण गरिने बताउनु भयो । उक्त सुक्खा बन्दरगाह निर्माण पश्चात नेपाल र भारतको व्यापार प्रवर्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विसं. २०६४ मा कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भएपनि गत आर्थिक वर्षमा मात्रै सरकारले उक्त योजनाको वातावरणीय प्रभाव मुल्यांकन ‘ईआइए’ प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीन वर्ष भित्र दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गरिने उल्लेख गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा बन्दरगाह निर्माण हुनेछ् ।

सुक्खा बन्दरगाहका लागि दुई सामुदायिक वनको दुई सय ८० बिघा जमिन प्रस्ताव गरिएको छ् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग एकीकृत सुरक्षा जाँच चौकी सहित सुक्खा बन्दरगाह निर्माण भारतले निर्माण गरिदिने सहमति भएको थियो ।


ताजा समाचार

spot_img