पप्पु गुरुङ्ग, दोधारा । मध्यरातमा घर नजिक बारीमा सर्याक सुरुक्क आवाज आएपछि झस्किएका बल बहादुर सुनारले मस्त निन्द्रामा रहेका श्रीमतीलाई ब्युँझाउदै भने, “छिटो उठ, भागौं, हात्ती आईसक्यो । घर नजिक अजंगको हात्ती घर नजिक आएपछि हत्त–नपत्त ज्यान जोगाउन सुरक्षित स्थान तर्फ दुबै दम्पत्ती टर्च बालेर भाग्छन् । मुटु फुल्ने गरि दगुरी सकेपछि केही टाढा गएर फेरि फर्केर पछि फर्केर हात्ती भएको तिर फर्केर हेर्छन् ।


हात्तीले लगाएको धान र मकै वाली खाईरहेको हुन्छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा सानो घरमा बस्दै आएका छन् बल बहादुर सुनारको दम्पती । बडुवाल टोल बस्ती संग जोडिएको भारतिय जंगलबाट भित्रिने हात्तीको हुलको आक्रमणबाट बच्न बल बहादुर सुनार मात्रै हैन् बस्तीका अधिकांश घरपरिवार यस्तै त्रासमा रात बिताउन बाध्य छन् । रातीको समयमा बस्ती भित्रिने जंगली हात्तीको बथानले मानविय क्षती कतिबेला गर्छ भन्ने उनिहरुमा जगजगी छ् । बिगतका दिनहरु देखि आहारको खोजीमा बस्ती पसेका बेला घर भत्काउने र मानिस माथि हिंसात्मक आक्रमण गर्दै आएका छन् ।


‘हात्तीको आतंकले बस्तीनै त्रासमा बाँच्नु परेको छ्’ महाविर क्षेत्रीले भने– ‘हात्ती नियन्त्रणको लागी स्थानिय सरकार देखि प्रदेश र संघिर सरकार सम्म गुहार लगाउदै आएका छौं, तर कसैले हाम्रो पिडा सुनेनन् ।’ दिन भरि जंगलमा आराम गर्ने हात्तीले समसाँझ थाले संगै बस्तीमा पसेर बाली खाएर र कुल्चेर क्षति पुर्याउने गरेका छन् । ‘खेतीवाली त खाएर खत्तमै बनाएको छ् स्थानिय सरकारहरुलाई बस्तीको पिडा सुनाउदा सुन्दैनन्’ अर्का स्थानिय आशा थापाले भने– ‘कति बेला जंगली हात्तीले मान्छे मार्ने हो कुन्नी त्यही जगजगीले सताउछ् ।’ बस्तीमा हात्ती दिएको पिडा कसैले नसुन्े्पछि स्थानियहरुले गणेश भगवानको पुजन गर्ने तरखरमा छन् । बिगतका दिनहरुमा पनि भगवान गणेशको पुजा गरेपछि हात्तीको आतंक कमी आएको बुढापाखाहरुले बताएका छन् । उनिहरुले गणेश भगवानको पुजा गर्नको लागी बस्तीमा रकम संकलन गर्न थालेको बताएका छन् । ‘अब कसैले नहेरेपछि भगवानलाई गुहार्न बहेक के रह्यो र ?’ गिता ठकुरीले भने– ‘केही दिनमा भगवान गणेशको पुजा गर्ने तयारी गरेका छौं ।’

गणेश भगवानको पुजा आराधान गरेपछि बस्तीमा जंगली हात्तीको आतंक कम हुने उनिहरुमा बिश्वास रहेको छ् । अहिले आएर बस्तीमा मानवीय क्षति पनि बढेको बढ्यै छ् । बस्ती अधिकांश घरहरु कच्ची छन् । हात्तीको आक्रमणबाट अचानक मरिएला कि, भन्ने त्रास उनिहरुमा सताएको छ् ।
जडान गरिएका सोर्यबत्ती बिग्रीएको छ् भने, घरबाट जडान गरिएको हाईलोजन लाईट बिद्युत भोल्टेज कमी भएको कारण उज्यालो हुदैन् । उनी संग अहिले राति बाहिर हेर्ने उज्यालोको कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उनलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् ।






