कुतियाकवर बस्तीको खेतीयोग्य जग्गा कटानी, अस्थायी तटबन्ध नदीले बगायो


दोधारा । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा नदीले यस पटक पनि जग्गा कटानी गर्न थालेपछि रोकथामको लागी स्थानियबासी र जनप्रतिनिधीहरुले स्याउला हालेर कटानी रोक्न प्रयास गर्दै आएका छन् । निमार्ण गरिएको अस्थायी तटबन्ध नदीले भत्काएर बगाएको छ् । नदीको छेउमा स्याउला हाँगाहरुलाई डोरीमा बाधेर स्थानियहरुले जग्गा तर्फको नदीको बहाव कमजोर बनाउने प्रयास गर्दै आएका छन् । आज बिहान देखि नदीले कुतियाकवर बस्ती नजिकको खेती योग्य झण्डै एक बिघाह जग्गा महाकाली नदीले कटान गर्दै आएपछि स्थानियहरुले.रुखका हाँगाहरुलाई डोरीमा बाँधेर नदी रोकथाम गर्ने प्रयास गर्दै आएको स्थानियहरुले बताएका छन् । नदीले जग्गा कटानी गर्दै गरेको थाहा पाए संगै दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह कटानी क्षेत्रमा पुगेका हुन् ।

दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले महाकाली नदीको बहाव तिब्र भएपछि नदीले जग्गा कटानी सुरु गरेको बताएका छन् । ‘महाकाली नदीको बहाव तिब्र भएपछि आज बिहान देखि नदीले जग्गा कटानी गरेको छ्’ वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने । कर बहादुर सुनार, जितु खत्री, लिला खत्री, नुवा खत्री, भिम बहादुर खत्री, ऐन बहादुर सुनार लगाएत एक दर्जन बढी स्थानियहरुको खेती योग्य जग्गा नदीले कटानी गर्न थालेको स्थानिय नैन सिंह सुनारले बताएका छन् ।

महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी नदी कटानी, डुवानको समस्या झेल्दै आएपनि नेपाल सरकारले बाढीको दिर्घकालिन समस्या हल गर्न सकिरहेको देखिन्न् । ‘नदीमा पानीको बहाव बढे संगै जग्गा कटान लगातार बढ्दो रुपमा रहेको छ’, स्थानियबासी नैन सिंह सुनारले भने, ‘नदीको बहाव थोरै पनि बढे संगै जग्गा कटानीले बस्तीनै जोखिममा पर्ने देखिएको छ् ।’

केही दिन अघि जग्गा कटानी रोक्न दोधारा चाँदनी नगरपालिका कार्यालय र बिभिन्न गैरसरकारी संस्थाहरुको सहयोग निमार्ण गरिएको अस्थायी तटबन्ध समेत महाकाली नदीले बगाएर लगेको प्रेम कार्कीले बताएका छन् ।


ताजा समाचार

spot_img