गौं सरक्षणको लागी कमलशा मन्दिर समितिले दोधारा चाँदनी नगरपालिकालाई ज्ञापन पत्र बुझाउने


दोधारा । गौं सरक्षणको लागी कमलशा बाबा मन्दिर समितिले दोधारा चाँदनी नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ् । विश्वकै उत्कृष्ट प्राणी गाई भएको भन्दै नेपालका स्थानीय प्रजातिका गाईहरुको संरक्षण हुनुपर्ने बताईएको छ् । गौं संरक्षण, एक घर एक गाई संगै आर्गेनिक खेती प्रवद्र्दधनको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयमा भोली ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कमलशा बाबा मन्दिर समिति दोधारा चाँदनीका संयोजक केशव प्रसाद बरालले जानकारी दिएका छन् ।

उनले गाईको दुध, गौंं मुत्र लगाएत गाईबाट उत्पादित वस्तुहरु मानव स्वास्थ्यका लागि बहुउपयोगी हुनेमा जोड दिए । गौं संरक्षण संगै आर्गेनिक खेती प्रबद्दधन कार्यले दिगो बिकास निमार्ण कार्यमा सघाउ पुग्ने बताएका छन् । कमलशा बाबा मन्दिर समितिले सुरुवती चरणमा दुग्घ संकलन केन्द्र स्थापन गरेको छ् । मन्दिर समितिले दैनिक गाँउ, घरबाट संकलन भएको १० लिटर दुग्घ संकलन संगै प्रशोधन गरि ध्यु उत्पादन गर्ने कार्य गर्दैै आएको छ् । गाईको मल, मूत्र र दुध हिन्दूका कर्मकाण्डमा अनिवार्य रुपमा प्रयोग गरिन्छ् ।

मृत्यु तथा सुतक परेका बेला चोख्याउन गहत खाने प्रचलन कायमै छ् । लोपोन्मुख अवस्थामा रहेका, तथा बेवारिसे गाई संरक्षण गर्नका लागि गौं संरक्षण केन्द्र निमार्ण गरि गौ रक्षा गर्नु पर्ने आवश्यक रहेको मन्दिर समितिले बताएको छ् । पुजा तथा अनुष्ठानमा समेत स्थानीय जातको गाईनै दान गर्ने प्रचलन छ् ।


ताजा समाचार

spot_img