दोधारा । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा जंगली हात्तीले उपद्रो मच्चाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ स्थित बडुवाल टोलमा बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि समाजसेवी भिम कुमालले बस्तीमा जंगली हात्तीले गर्दै आएको आतंकको अवस्था बुझ्न पुगेका हुन् । भारतिय जंगलबाट भित्रिने गरेको जंगली हात्तीले किसानहरुको दर्जनौं बिघाहमा लगाएको धान, मकैवाली खाएर, उद्यनेर नष्ट गर्दै आएपछि समाजसेवी भिम कुमाल बडुवाल टोल पुगेका छन् । स्थानिय किसानहरुले जंगली हात्तीले रातीको समयमा बस्ती भित्रिने गरेको र खेतीपाती नष्ट गर्दै आएको जानकारी गराएका छन् । बडुवाल टोल नजिक रहेको भारतिय जंगलबाट हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न पुगेका छन् ।


एक वर्ष अघि समाजसेवी कुमालले उक्त बस्तीमा हात्तीको कारण मानविय क्षती रोक्न बस्तीमा टर्चलाईट बितरण गरेका थिए । लगाएको खेती हरियो हुदै गर्दा बस्तीमा हात्ती भित्रिने गरेको स्थानियहरुको भनाई रहेको छ् । समाजसेवी भिम कुमालले स्थानियहरु भेट गरि हात्तीले क्षती गरेको खेतीको स्थलगत जानकारी लिएका छन् । उनले केही दिन अघि हात्तीको कारण घाईते भएका महाविर क्षेत्रीलाई समेत भेट गरि स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

उनले बस्तीमा बिगत लामो समय देखि हात्तीको आतंक रहदै आएपनि स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकार मौन बसेको बताएका छन् । जनताको सुरक्षा तथा गाँस, बास तथा कपासको ग्यारेन्टी लिने काम सरकारको भएपनि सरकारले बडुवाल टोलका स्थानियहरुलाई सौतेनी व्यवहार गर्दै आएको समाजसेवी कुमालले बताएका छन् ।

‘हात्तीको आतंक रोक्न दिर्घकालिन तिनै तहका सरकारले तदारुकताका साथ अघि बढ्नु आवश्यक छ्’ समाजसेवी भिम कुमालले भने । कोरोना संक्रमण देखि सामाजिक कार्यमा सक्रिय रहदै आएको भिम कुमाल गरिब तथा बिपन्नहरुको पिडामा सघाउदै आएका छन् ।






